३० आश्विन २०८३, शुक्रबार

अदालतबाट सलमानलाई ५ वर्षको जेल सजाय, सहन नसकेर अदालतमै रोए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salman-khan मुम्बई । भारतका चर्चित अभिनेता सलमान खानलाई अदालतले जेल जाने बाटो खोलेको छ । उनीमाथि चल्दै गरेको हिट एण्ड रन मुद्दामा बुधबार मुम्बर्इको शेसन अदालतले अन्तिम फैसला गर्दै सलमानलाई दोषी ठहर गरेको छ ।

१३ वर्ष अगाडी सलमानले मदिरा सेवन गरी कार चलाउँदा पेटीमा सुतेका एक जनाको मृत्यु भएको थियो । चार जना गम्भीर घाइते भएका थिए । यो मुद्दामा अदालतले दोषी ठहर गरेपछि सलमानलाई जेल जाने बाटो खुलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई ५ वर्षको जेल सजाय हुने बताइएको छ । यद्यपी सजाय अहिले तोकिएको छैन् । माथिल्लो अदालतले सलमानलाई कति सजाय दिने भन्ने विषयमा फैसला भइसकेको छैन् । उनीमाथि हिट एण्ड रन केश सँगै अन्य चार वटा आरोप पनि लागेकाले सजाय कम हुने सम्भावना नरहेको बताइएको छ ।

Salman-khan-1

अदालतले दोषी ठहर गरेपछि सलमान खान अदालतमै रोएका छन् । भाइ र बहिनीसँगै अदालत पुगेका सलमानलाई दोषी ठहर गरेपछि पहिले उनकी बहिनी अर्पिता रोएकी थिईन् । त्यसपछि सलमानले पनि आँसु थाम्न सकेनन् । अदालतको फैसलापछि एकछिन अदालतमा रुवाबासी नै चलेको बताइएको छ ।

अदालतका न्यायाधीश डीडब्ल्यू देशपाण्डेले सलमानमाथि लागेको कुटपिट र ज्यान मुद्दाको अन्तिम फैसला सुनाउनुअघी दश बर्षसम्म जेल सजाय हुनसक्ने भन्दै प्रश्न सोधेका थिए । तर त्यो प्रश्नको जवाफ उनले दिन सकेनन् ।

यस्तै, भारतीय जनता पार्टीकी सांसद तथा अभिनेत्री हेमा मालिनीले सजाय कम गर्न आफ्नो तर्फबाट पुरै पहल गर्ने भन्दै सलमानप्रति सहानुभुति प्रकट गरेकी छिन् । सलमान जेल जाने निश्चित भएपछि उनका आमा बुबाको अवस्था विग्रिएको छ । उनीहरु बेहोस भएको बताइएको छ । एजेन्सी