२९ आश्विन २०८३, बिहिबार

प्रिय धराहरा, तिमी फेरि उभिनुपर्छ !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

New-Dharahara-dainiknepal

– भीमसुब्बा तामाङ (बाबु साईँला)

यसपालिको भूकम्पले देशमा ठूलो क्षति पुगेको छ, जनजीवन अस्तव्यस्त छ । मानौँ, एक किसिमले मुर्दाशान्ति छाएको छ देशमा । यस्तो बेला मेरो कलाकार हृदयले केही कला सिर्जना गर्न बाध्य भएँ । मानवीय क्षेत्रका पीडामाथि देशकै ऐतिहासिक र सांस्कृतिक धरोहरका रुपमा रहेको हाम्रो धराहरा डलेको देख्दा साह्रै निराश छु । अनि गुगलमा भूकम्प अघिको धराहराको तस्वीर खोजेर हाम्रो प्यारो धराहरालाई ऊ जिउँदै छ, फेरि जीवित हुन्छ भन्ने आशय देखाउन यो जलरंगमध्येको पेन्टिङ बनाएको छु ।

केही समय अगाडि एउटा कोरियाबाट संचालित नेपाली वेभ टेलिभिजनका कार्यक्रम प्रस्तोताले अन्तरवार्ता लिने क्रममा एउटा प्रश्न सोध्नुभएको थियो– तपाईंका पेन्टिङहरु बारे प्रष्ट बताइदिनुस् न, कस्ता खालका पेन्टिङ कोर्न रुचाउनुहुन्छ ? अनि तपाईंका पेन्टिङले आम मानिसलाई कस्ता सन्देश दिन्छ ?

मैले त्यतिबेला भनेको थिएँ– म प्रायः मानवीय समवेदना बोकेका पेन्टिङ हरु उतार्न चाहन्छु, जुन सहज र सबैको हृदय छुने होस ।

हौ, मैले क्षेत्रमा लागेपछि मेरा चित्रकला मानवीय समवेदनाका विषयवस्तुहरुलाई उठाउँदै आएको छु । कोरियामा पनि नेपाली मजदुरहरुको अवस्थालाई कलामाफृत एकल चित्रकला प्रदर्शनी प्रस्तुत गरिसकेको छु ।

सामाजिक सञ्जालमा फैलिएपछि यो मेरो सिर्जनाले राम्रै चर्चा पनि पाएको छ । सबै नेपाली दाजुभाईलाई भन्न चाहन्छु, हामीले यो धराहरालाई यसरी नै उभ्याउनुपर्छ । धराहरा हाम्रो परिचय हो, देशको इतिहास हो, अनि सबै नेपालको अटल शान हो । तपाईं हाम्रो प्रिय धराहरालाई यसरी नै पुनर्जीवित राख्न यतिबेला सबैले आफ्नो क्षेत्रबाट भूमिका खेल्न जरुरी छ । कुनै बहानामा धराहरालाई मेट्न पाइने छैन ।