३० आश्विन २०८३, शुक्रबार

यसरी हेर्न सकिन्छ डिभीको नतिजा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

US-Embassyकाठमाडौं, २२ वैशाख ।

काठमाडौँ, २२ बैशाख । तपाईं मंगलबार सार्वजनिक भएको अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१६ को नतिजा कहाँ हेर्ने भन्ने हैरानीमा हुनुहुन्छ ?

स्थानीय समय अनुसार मंगलबार बिहान नेपालीहरुले डिभी नतिजा सार्वजनिक भएको जानकारी पाए पनि आफूलाई परे/ नपरेको जानकारी पाउन नसकेपछि हैरानी भोगेका छन् । डिभी नतिजा सार्वजनिक नभएपनि वेभसाइटमा नराखिँदा धेरैले सोधीखोजी गरिरहेको देखिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार, डिभी भरेकाहरुले आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट जिओभीमा हेर्न हेर्न सक्नेछन् । मंगलबार बिहानै नतिजा सार्वजनिक भएपनि राति १० बजेपछि मात्रै डिभीको नतिजा वेभसाइट उपलब्ध हुँदैछ ।

सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको नतिजा आज मंगलबार सार्वजनिक गरिएको दूतावासले जानकारी दिएको छ । नेपाल स्थित अमेरिकन दूतावासले ट्विटरमार्फत नतिजा सार्वजनिक गरेको जानकारी गराउँदै आफ्नो नतिजा हेर्न अनुरोध गरेको थियो ।

छानिएकाहरुले अमेरिकाको स्थायी बसोबास कार्डका लागि प्रक्रिया सुरु गर्नेछन् । सन् २०१६ का लागि विभिन्न देशका ५५ हजार भन्दा बढी नागरिकहरुले स्थायी बसोबास भिसा पाउनेछन् । आवेदकहरुले कन्फरमेसन नम्बर सन् २०१५ सेप्टेम्बर ३० सम्म सुरक्षित राख्नुपर्नेछ ।

Us-embassy