– विश्वास खड्काथोकी
भूकम्प गएको ११ औं दिनसम्म पनि पीडितहरुले राहत नपाइरहेको गुनासो मत्थर हुन सकेको छैन । सरकारले भने भूकम्पग्रस्त सबै क्षेत्रमा राहत पुर्याएको दाबी गर्छ । गुह मन्त्रालयलले अहिलेसम्म ४७ जिल्लामा १ अर्ब २९ लाख ८२ हजार रुपैयाँ निकासा गरिसकेको छ । भूकम्पबाट कम प्रभावित २८ जिल्लामा भने कुनै पनि रकम र राहत सामाग्री निकासा गरेको छैन ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट गृहमन्त्रालयले दुई अर्ब रुपैयाँ निकासा गरेको थियो । जसमध्ये नेपाल प्रहरी केन्द्रिय दैवी प्रकोप उद्धार कोषका लागि १३ करोड, शहरी विकास मन्त्रालयका लागि १४ करोड, सशस्त्र प्रहरी बलका लागि १० करोड र स्वास्थ्य मन्त्रालयका लागि ३ करोड बजेट निकासा गरेको थियो । गृहले हाल १० करोड मात्र बाँकी रहेको भन्दै फेरि ५ अर्ब निकासाको माग गरेको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकाल बताए ।
सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोकको लागि २६ करोड निकासा गरिएको छ । त्यस्तै तुलनात्मक रुपमा बढी प्रभावित जिल्ला गोरामा ८ करोड ७ लाख, भक्तपुरमा ५ करोड ६७ लाख, काठमाडौंमा १६ करोड ३० लाख, धादिङमा ११ करोड ९७ लाख, नुवाकोटमा १४ करोड ५९ लाख, ललितपुर ३ करोड ७१ लाख र लमजुङमा १ करोड २५ लाख रुपैयाँ पठाइएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम बराबरको राहत सामाग्री वितरण हुने गर्दछ ।
कुन जिल्लामा कति रकम पुग्यो ?
पाँचथर : पाँच लाख
शंखुवासभा: २० लाख
तेह्रथुम: पाँच लाख
भोजपुर: १५ लाख
धनकुटा: पाँच लाख
मोरङ: १० लाख
सुनसरी: ५ लाख
सोलुखुम्वु: दुई करोड ४७ लाख
खोटाङ: ६० लाख
ओखलढुंगा: ६८ लाख
दोलखा: १० करोड
रामेछाप: दुई करोड २४ लाख
सिन्धुली: ३४ लाख
महोत्तरी: ५० लाख
सिन्धुपाल्चोक: २६ करोड ७१ लाख
काभ्रेप्लान्चोक: ५ करोड ८७ लाख
रसुवा: ९ करोड ८ लाख
नुवाकोट: १४ करोड ५९ लाख
धादिङ: ११ करोड ९७ लाख
काठमाडौं: १६ करोड ३० लाख
भक्तपुर: पाँच करोड ६७ लाख
ललितपुर: तीन करोड ७१ लाख
मकवानपुर: एक करोड ३३ लाख
पर्सा: ७० लाख
चितवन: एक करोड
गोरखा: आठ करोड ७ लाख
बागलुङ: ५० लाख
म्याग्दी: आठ लाख
मुस्ताङ: १५ लाख
लमजुङ: एक करोड २५ लाख
तनहुँ: एक करोड पाँच लाख
कास्की: ३० लाख
रोल्पा: पाँच लाख
प्यूठान: १० लाख
सल्यान: छ लाख
डोल्पा: पाँच लाख
दैलेख: आठ लाख
रुकुम: पाँच लाख
गुल्मी: २० लाख
पर्वत: एक करोड
स्यांजा: एक करोड
अर्घखाँची: १० लाख
पाल्पा: २५ लाख
जहाँ राहत नै पुगेन
देशका २८ जिल्लाको लागि सरकारले रकम निकासा गरेको छैन । प्रायः पूर्वी, सुदुरपश्चिम र तराईका जिल्लाहरुमा सरकारले कुनै पनि रकम निकासा नगरेको हो ।
रकम निकासा नगरिएका जिल्लाहरुमा ताप्लेजुङ पाँचथर, इलाम, झापा, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, कपिलबस्तु, सुर्खेत, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बर्दिया, बाजुरा, बझाङ, अछाम, डोटी, बाँके, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कन्चनपुर पर्दछन् ।
जसको शक्ति, उसकै भक्ति
भूकम्प लगत्तै सरकार तथा स्वदेशी तथा विदेशी संघसंस्थाबाट राहत वितरण कार्य जारी छ । तर, पहुँचवालाले मात्रै राहत पाएको गुनासो बढेको छ । विदेशबाट नेपालीले पठाएको रकम पनि चिनजान, भनसुनकै आधारमा वितरण गरिँदै आएको गुनासो बढेको छ । अबस्था यस्तो छ कि कुनै ठाउँमा दोहोरो, तेहोरो राहत सामाग्री पुगेको छ । तर, कुनै ठाउँमा भने अहिलेसम्म राहत सामाग्री पुग्न सकेको छैन । राजधानीबाट चार किलोमिटरको दूरीमा रहे पनि आफूहरुले अहिलेसम्म राहत पाउन नसकेको रसुवाको शरमथलीका रामबहादुर वाइबाले बताए ।
‘विदेशबाट आएकाले पनि आफ्नै गाउँमा मात्र राहत लगेका छन्, जहाँ मोटरबाटो छ त्यहाँमात्रै राहत पुगेको छ, मोटरबाटो नभएको र पहुँच नभएकाले अझै राहत पाउन सकेका छैनन् ।’ नुवाकोटका पत्रकार देवचन्द्र भट्ट भन्छन् ।




![k|wfgdGqL uf]/vfdf dxfe"sDkn] k'¥ofPsf] hgwgsf] Ifltaf/] a'emg uf]/vf cfpg'ePsf k|wfgdGqL ;'zLn sf]O/fnf . tl:a/ M k|zGg kf]v/]n, uf]/vf, /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/05/sushil-koirala-gorkha-11.jpg)











प्रतिक्रिया