काठमाडौं, २२ वैशाख । आफ्नो संस्था वेइङ हुमन फाउण्डेसनले नेपालका भूकम्प पीडितलाई सहयोग नगर्ने भन्दै फेसबुक स्टाटसबाट स्पष्टिकरण दिएका भारतीय अभिनेता सलमान खान पछिल्लो समय नेपालप्रति नरम बनेका छन् ।
वलिउडदेखि हलिउडसम्मका कलाकारले सहयोग गरिरहेको बेला सलमानले नेपालको लागि सहयोग नगर्ने बताए पछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो । चर्को आलोचनापछि सलमानले पहिलो स्टाटस लेखेको २४ घण्टा पछि दुई स्टाटस लेख्दै आफ्नो पुरानो स्टाटसको बचाउ गरेका छन् । उनले लेखेका छन्, ‘अहिले हाम्रो फाउण्डेसनको उपस्थिति नेपालमा छैन । हामीले उपलब्ध सिमित स्रोत र साधनबाट प्रभावित मानिसलाई कसरी सहयोग पुग्छ भनेर सहि माध्ययमको खोजी गरिरहेका छौँ । मान्छे र उनीहरुको पीडालाई निको पार्ने मेरो अभियानलाई कुनै सिमाले छेक्न सक्दैन ।’
उनले पुःन अर्को स्टटसमा लेखेका छन्, ‘जे काम गरेको छैन, त्यसको क्रेडिट लिने काम सहि हो, कि गलत ?’ यस अघि बेइङ हुमनले नेपालमा १० करोड दिने खवर वाहिर आएपछि उनले उक्त खवर गलत रहेको स्टाटस मार्फत प्रष्ट पारेका थिए ।
पछिल्लो समय उनले नेपालीलाई सहयोग गर्ने चाहाना व्यक्त गरेका छन् । सलमानले चर्को आलाचना खेप्न नसकेर भावुक स्टाटस लेख्न बाध्य भएको हुन सक्ने कतिपयको अनुमान छ । उनी नेपालप्रति रुखो देखिए पछि नेपालमा सलमानको चलचित्र वहिस्कार गर्नेसम्मको प्रतिक्रिया आएको थियो । उनी साँच्चै नेपालको लागि सहयोग गर्न चाहान्छन् वा सहानुभूति मात्र बटुल्ल खोजेका हुन्, त्यो भने हेर्न बाँकी नै छ ।


















प्रतिक्रिया