काठमाडौं, २२ वैशाख । नेपालमा विनाशकारी महाभूकम्प आएको महिना दिन नबित्दै यूरोपियन राष्ट्र पपुवा न्युगिनीमा ७.४ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको छ ।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार पपुवा न्युगिनीको दक्षिणी तटिय क्षेत्र कोकोपो सहर भन्दा ८३ माइल दक्षिण पश्चिम केन्द्र विन्दु बनाएर भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर अनुसार ७.४ म्याग्नेच्युडको मुख्य धक्काको १० मिनेटपछि ५.९ रेक्टरको धक्का महसुस भएको थियो । त्यसपछि ५ रेक्टर भन्दा माथिका दुइवटा भूकम्प गइसकेका छन् ।
भुकम्पले गरेको क्षतिको बारेमा विस्तृत विवरण आइसकेको छैन् । शक्तिशाली भूकम्पले मानवीय क्षति भएको आंशका गरिएको छ । उक्त क्षेत्रमा भूकम्पपछि सुनामी आउने सम्भावना रहेको विज्ञहरुले बताएका छन् ।
त्यहाँको सरकारले सरकारले भुकम्पको केन्द्रविन्दु आसपासको ३ सय किलोमिटर क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ । साथै सतर्कता अपनाउन सर्वसाधारण जनतालाई आग्रह गरेको छ । एजेन्सी















प्रतिक्रिया