२९ आश्विन २०८३, बिहिबार

आईपीएलमा शाहरुखको कोलकत्ता शिर्ष स्थानमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shrukh-kolkataकाठमाडौं, २२ वैशाख । इण्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा कोलकत्ता नाइडराइडर्स विजयी भएको छ । हिजोको खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले पराजित गर्दै कोलकत्ता खेलको शिर्ष तेस्रो स्थानमा समेत उक्लिएको छ ।

हिजोको खेल जितेसँगै कोलकत्ताले १० खेलबाट ११ अंक बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निधारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रनको लक्ष्य पेस गरेको थियो ।  मनीष पाण्डेले सर्वाधिक ३३ रन बनाएको इनिङ्समा कप्तान गौतम गम्भीरले ३१, रोविन उथ्थपा र युसुफ पठानले समान ३०-३० रनको योगदान दिए ।

जवाफी ब्याटिङमा उत्रिएको हैदरावाद निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाएर १३२ रनमै समेटियो । मोइसेस हेन्रीक्वीसले ४१ तथा करण शर्माले ३२ रन बनाउने बाहेक हैदरावादका अन्य ब्याट्सम्यानले चौका छक्का हान्न सकेनन् । यो हारसँगै हैदरावाद ४ खेलमा जित र ५ खेलमा हार ब्यहोर्दै ८ अंकका साथ तालिकाको छैटौं स्थानमा झरेको छ ।

Kolkata-Knight-Riders1

यसअघि सोमबारै भएको अर्को खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई २४ रनले पराजित गरेको थियो । घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १४८ रन बनाएको थियो ।

त्यसपछि मैदानमा ओर्लिएको कप्तान विराट कोहलीको टिम बैंगलोर १२४ रनमै अलआउट भयो । कोहलीको ४८ रनबाहेक बैंगलोरका अन्य भरपर्दा ब्याट्सम्यान सस्तैमा पवेलियन फर्किएपछि चेन्नईले जित हात पारेको हो ।