२९ आश्विन २०८३, बिहिबार

अक्षयकुमार र सलमान खानलाई नेपालमा प्रतिबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SalmanKhan-AkshayKumarकाठमाडौं । नेपालको भूकम्पबारे गलत रिपोर्टिङ गरेर भारतीय मिडिया मात्र आलोचित बनेका छैनन्, भारतीय कलाकारहरुसमेत विवादमा तानिएका छन् । बलिउड अभिनेताद्वय सलमान खान र अक्षय कुमार नेपालमा बहिस्कार गर्ने अभियान नेपालमा सुरु भएको छ । भूकम्पपीडित नेपालीहरुको मनमा चोट पुर्याएको भन्दै उनीहरुको फिल्मसमेत चल्न नदिने अभियान सुरु भएको छ ।

सलमान खानले नेपालमा भूकम्पपीडितलाई आफूले सहयोग गर्न नचाहेको बताएपछि उनको आलोचना सुरु भएको छ । अभिनेता खानले १० करोड रुपैयाँ र दुईवटा हेलिकप्टर सहयोग गरेको भन्दै पत्राचार गरिएको थियो ।

त्यस्तै अक्षय कुमारले पनि आफ्नो फिल्म गब्बरको पहिलो दिनको कमाई भूकम्पपीडितलाई दिने भनेर प्रचार गरेका थिए । तर, पछि उक्त कुरा सत्य नभएको बताएपछि उनको पनि व्यापक आलोचना भएको आजको दृष्टि साप्ताहिकमा समाचार छापिएको छ ।