२८ आश्विन २०८३, बुधबार

दाईले गरे बहिनीमाथि जबरजस्तीकरणी प्रयास, नाङ्गै भागेर इज्जत बचाईन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rappedनयाँदिल्ली । अहिलेको कलियुगमा नसोचेका अपराध पनि हुन् थालेका छन् । अर्काकी छोरी चेलीलाई बलात्कार गर्ने घटना त हामीले सुनेकै हौ । तर अहिलेको कलियुगमा दाईले बहिनीलाई समेत छाडेनन् ।

महात्मा गान्धि जन्मिएको भारतको गाजियाबादमा एक युवकले रक्सीको नशामा आफ्नै बहिनीमाथि जबरजस्ती बलात्कारको प्रयास गरेका छन् । साँझको समयमा मदिरा पिएर आएका २५ वर्षीय दाजूले १६ वर्षीय बहिनीमाथि बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।

यो घटनाले पुरै समाजलाई लाजमर्दाे बनाएको छ । दाजूले रक्सीको नशामा यौन प्यास मेटाउन खोज्दा ति बहिनीले नाङ्गै भागेर आफ्नो इज्जत बचाएकी छिन् । दाइको यस्तो हर्कतबाट भागेर बाहिर आएर उनले बचाउ बचाउ भनेपछि गाउले प्रहरीमा खबर गरेका थिए ।

पीडित युवतीले प्रहरीमा दिएको बयान अनुसार रक्सीको नशामा आएको दाजूले पानी ल्याउ भन्दै आफ्नो कोठामा बोलाएर जबरजस्ती कपडा खोलेर वेडमा च्यापेको थियो । र कपडा खोल्दा दाजूलाई धकेलेर भागेको बताएको समाचार एजेन्सीले जनाएका छन् ।

युवतीका परिवारको उजुरीपछि प्रहरीले पीडिक दाजूलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ । एसएचओ प्रहरी चौकीका इन्सपेक्टर अशोक शिशौदियाका अनुसार पीडकलाई परिवारको उजुरीका आधारमा सजाय हुन सक्छ । यो घटनाले महिला तथा बालिकाहरु आफ्नै घरमा पनि असुरक्षित भन्ने देखाउँछ । एजेन्सी