२९ आश्विन २०८३, बिहिबार

भूकम्प पीडितको समस्या लिएर रेखा थापाले प्रधानमन्त्रीलाई भेटिन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rekha-thapa-sushil-koirala-1काठमाडौं । नेपालकी चर्चित नायिका रेखा थापा फिल्मी क्षेत्र सँगसँगै समाजसेवामा पनि अग्रसर छिन् । कलाकारिता क्षेत्रबाट नाम र दाम दुबै कमाएकी नेपालकी नम्बर बान नायिका रेखाले समय समयमा विभिन्न खाले समाजसेवा गर्दै आएकी छिन् ।

कलाकार सँगै उनलाई समाजसेवी भनेर पनि चिनिन्छ । भर्खरैमात्र नेपालमा आएको विनाशकारी महाभूकम्पका बेला पनि रेखा कलाकार भन्दा पनि समाजसेवीका रुपमा चिनिएकी छिन् । आफुले भ्याएसम्म उनले भूकम्प पीडितलाई सहयोग गरिन् ।

समाजसेवाको भावनाले ओतप्रोत भएकी नायिका रेखाले आइतबार भूकम्प पीडितका समस्या प्रधानमन्त्री सुशील कोइरालालाई सुनाएकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्री कोइरालालाई भूकम्प पीडितले गाँस–बाँस नपाएको र तत्काल सरकार पहल हुनुपर्ने माग गरिन् ।

rekha-thapa-sushil-koirala‘म जति पनि प्रभावितकहाँ पुगेको छु, उहाँहरुको एउटै गुनासो भनेका सरकारले हामीलाई केही पनि हेरेन भन्ने छ । म आम जनाताको गुनासोलाई लिएर प्रधानमन्त्री ज्यू कहाँ दूत बनेर गएको थिए, उहाँले समस्यालाई गम्भीर रुपमा लिएर समाधानका लागि पहल गर्ने सकारात्मक विश्वास दिलाउुनभएको छ ।’ प्रधानमन्त्रीसँगको भेटपछि रेखाले भनिन् ।

आफुसँगको भेटवार्तामा प्रधानमन्त्री कोइराला भूकम्पले देशमा गरेको क्षतिबाट चिन्तित देखिएको र यो अवस्थामा सरकारले सक्दो सेवा प्रभावितलाई दिने वचन दिएको रेखाले जानकारी दिईन् ।