२९ आश्विन २०८३, बिहिबार

सलमानले भने-‘नेपालका भूकम्प पीडितलाई एक रुपैयाँ पनि दिन्न’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-khanमुम्बई । बलिउडका विभिन्न स्टार अभिनेताहरुले नेपालका भूकम्प पीडितलाई सहयोग गर्न आव्हान गरिरहेका बेला बलिउडका दंबग भनिने सलमान खानले नेपाललाई सहयोग नगर्ने बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमानले आफ्नो संस्था केवल भारतलाई मात्रै सहयोग गर्ने भन्दै नेपाललाई कुनै पनि सहयोग नगर्ने सार्वजनिक रुपमा बोलेर बताएका छन् ।

नेपालमा भूकम्पको दुःखद घडीमा सहयोगको साटो उल्टै गर्दिन भन्दै सार्वजनिक रुपमा बोलेर सलमानले नेपाली शुभचिन्तकको चित्त दुखाएका छन् ।  यसअघि उनले नेपालाई करोडौं रुपैयाँ र २ वटा हेलिकोप्टर सहयोग गर्न लागेको भन्ने खबर आएका थिए ।

ति खबरको खण्डन गर्दै सलमानले आफु नेपाललाई कुनै हालतमा पनि सहयोग गर्ने मनस्थितीमा नरहेको स्पष्ट पारेका हुन् । उनको यो अभिव्यक्तिपछि नेपालका फ्यान आक्रोशित बनेका छन् । सामाजिक सञ्जालको उनको कडा आलोचना गरिएको छ ।

यसअघि भारतका अभिनेता अमिताभ बच्चन, शाहरुख खान, आमिर खानले नेपालका भूकम्प पीडितलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । हलिउड कलाकारले पनि सहयोग रकम जुटाइरहेका छन् । एजेन्सी