३० आश्विन २०८३, शुक्रबार

शोकमा पनि खुसीको यो क्षण, फ्रान्सेली युवती बनिन् नेपाली बुहारी (हेर्नुस् तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Marriage-Nepali-n-french01

काठमाडौँ, २० बैशाख । आम नेपालीहरु भूकम्पको शोकमा डुबिरहँदा शुक्रबार काठमाडौँमा भने एक नेपाली युवकलाई फ्रान्सेली युवकसँग बिहे गर्न भ्याइनभ्याइ थियो ।

काठमाडौँका दिपेश मुडबरीको बिहे अघिल्लो शनिबार नै तय भएको थियो । बिहेका लागि फ्रान्सेली युवती युगेनिए प्रोवोस्टलाई काठमाडौँमै बोलाइएको थियो । तर, त्यही दिन नेपालमा महाभूकम्प गएपछि केही दिनका लागि बिहे स्थगित गरिएको थियो । भूकम्पको तनाव जारी नै रहेपछि यो जोडीले महाभूकम्पको छैटोँ दिन शुक्रबार नजिकका केही नातेदारलाई साक्षी राखी बिहे गरेका छन् । नेपाली संस्कार अनुसार नै उनीहरुले लगनगाँठो कसेका थिए । नेपालकी बुहारी बनेकी प्रोवोस्ट लण्डनको एउटा एनजीओमा काम गर्छिन् । दिपेश पनि लण्डनकै एउटा बैंकमा काम गर्छन् । उनीहरुको भेट ११ बर्ष अघि बेलायतमै भएको थियो । बेलायतको माया पिरतीलाई उनीहरुले नेपालमा वैधानिकता दिँदै बिवाह बन्धनमा परिणत गरेका हुन् । यो जोडीको बिहे यतिबेला भारतीय र पश्चिमा मिडियाहरुमा खुबै छाइरहेको छ । एजेन्सी

हेर्नुस् केही तस्वीरहरु:

Marriage-Nepali-n-french2

Marriage-Nepali-n-french6 Marriage-Nepali-n-french5 Marriage-Nepali-n-french4 Marriage-Nepali-n-french3Marriage-Nepali-n-french