मुम्बई । गत शनिवार नेपालमा आएको भूकम्पले बलिउडका स्टार अभिनेता आमिर खानलाई रुवाएको छ । बलिउड अभिनेता सलमान खानले नेपालका भूकम्प पीडितलाई सहयोग नगर्ने बताइरहदा अर्का अभिनेता आमिर खानले भने नेपालको भूकम्पले आफ्नो पनि मुटु टुटेको प्रतिक्रिया दिएका हुन् ।
उनले आइतवार ट्वीट गर्दै भनेका छन्, ‘भूकम्पले नेपालमा हजारौंको ज्यान गएपछि म स्तव्ध भएको छु, मेरो मुटु टुटेको छ ।’ केही समय अघि उनले नेपालको भ्रमण गरेका थिए ।
त्यतिबेला पनि आमिरले नेपालप्रति निकै ठूलो सदासयता देखाएका थिए । आमिरले भूकम्पपछि ट्वीट मार्फत नेपालीको दुःखसँगै आफु पनि दुःखी भएको भन्दै तत्काल सहयोगको लागि अपिल गरेका छन् ।
सामाजिक अभियन्ता समेत रहेका खानले भूकम्प पीडित बालबालिकाहरुलार्इ युनिसेफ मार्फत सहयोग प्रदान गर्न आग्रह गरेका छन् । आमिरको आग्रहपछि उनका फ्यानले नेपालका भूकम्प पीडितको लागि राहात प्रदान गर्ने सम्भावना समेत बढेर गएको छ । एजेन्सी
















प्रतिक्रिया