३० आश्विन २०८३, शुक्रबार

अनेरास्ववियुले भारतलाई भन्यो-‘दुःखको घाउमा नुनचुक छर्ने काम नगर’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रय स्वतन्त्र विद्यार्थी युनियनले उद्दारको नाममा भारतले गरेको गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ ।

आइतबार बसेको अनेरास्ववियु स्थायी कमिटीको बैठकले देश महाभूकम्पको विपत्तिमा परिरहेको बेला भारतले दादागिरी शैलीमा राष्ट्रिय स्वाधिनता, राष्ट्रिय सार्वभौमिकतामाथि खेलबाँड गर्न खोजेको भन्दै आपत्ति जनाएको हो ।

बैठकपछि कार्यवहाक विज्ञप्ती जारी गरी कार्यवहाक अध्यक्ष ऐन महरले संम्वेदनशिल तथा दुःखको घडीमा छिमेकी मित्र राष्ट्र भारतले गरेको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । ‘महाभूकम्पको प्रसव वेदनाले मुलुक छट्पटाईरहेको बेलामा भारतले सहयोगका नाममा मनचाहिने गरिरहेको छ । यस्तो संम्वेदनशिल तथा दुःखको घडीमा हाम्रो छिमेकी मित्र राष्ट्र भारतले गरेको गतिविधिप्रति हामी गम्भीर भएका छांै ।’ कार्यवहाक अध्यक्ष महरद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

अनेरास्ववियुले भारतलाई राष्ट्रिय स्वाधिनता, राष्ट्रिय सार्वभौमिकतालाई ख्याल गरी हाम्रो दुःखका घाउँहरूमा नुनचुक छर्ने गरी नभई मलम लगाउने गरी आवश्यकता अनुसार सहयोग गर्न अपिल समेत गरेको छ । ‘हाम्रो राष्ट्रिय स्वाधिनता, राष्ट्रिय सार्वभौमिकतालाई ख्याल गरी हाम्रो दुःखका घाउँहरूमा नुनचुक छर्ने गरी नभई मलम लगाउने गरी हाम्रो आवश्यकता अनुसार सहयोग गर्न हामी भारत लगायत सम्पूर्ण सहयोगी मित्रहरूलाई हार्दिक अपिल गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।

साथै महाभूकम्पपछिको संवेदनशील घडीमा सबै नेपालीहरू एकजुट हुनुपर्ने र मानवीय पहिचानमा प्रस्तुत हुनुपर्नेमा अनेरास्ववियुले जोड दिएको छ । यस्तै, अनेरास्ववियुले राष्ट्रिय शोकको दुःखद घडिमा सम्पूर्ण महानुभावहरूलाई जिम्मेवार बन्न आग्रह गदै कालोबजारी नगर्न र त्यस्तो पाइएमा सुरक्षा निकायमा सम्पर्क गर्न सम्पूर्ण जनसमुदायमा अपिल गरेको छ ।

राष्ट्रिय विपतिको बेला धमिलो पानीमा माछा मार्ने प्रवृति कहि कतैबाट पनि हुन नहुने भन्दै अनेरास्ववियुले सबैलाई उद्धार तथा राहत संकलन र समोचित वितरण गर्ने कार्यमा जुटनुपर्नेमा जोड रहेको छ । यस्तो वेला अरूको विरोध गर्ने, आलोचना गर्ने नभई सबैले सहयोग गर्ने बेला भएकोले यसै कार्यमा लाग्न अनुरोध समेत गरिएको छ ।

सबै प्रभावित जिल्ला, निर्वाचन क्षेत्र, गाविस सबै ठाउँमा यथाशिघ्र र न्यायोचित समुचित, ढंगले उद्धार तथा राहत सामग्री वितरण तथा घाईतेको उपचारमा संलग्न भई सरकारको भूमिका निर्वाह गर्न सरकारलाई अनेरास्ववियुले आग्रह गरेको छ ।

साथै यस राष्ट्रिय विपतिमा अनेरास्ववियुलेसबै कमिटी, नेता तथा कार्यकर्ता आ–आफ्नो ठाउँवाट उद्धार, राहत संकलन तथा घाईतेको उपचारमा कार्यमा खटाईसकेको र अन्य संघसस्थालाई पनि यो मानवीय कार्यमा लाग्न आग्रह गरेको विज्ञप्तीमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ती जस्ताको तेस्तै :

Aansfu-prees-note