३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितका लागि नेपथ्यले दुबईमा लाइभ कन्सर्ट गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepathya-live-concert-in-Dubai-.– त्रिलोचन कोइराला
यूएई । नेपाल तथा विदेशमा चर्चित व्याण्डमा नेपथ्यले भूकम्प पीडितका लागि खाडी राष्ट्र दुबईमा लाईभ कन्सर्ट गर्ने भएको छ ।

आगामी मे २१ तारिक दुबईमा हुन लागेको नेपथ्य लाइभ कन्सर्ट कार्यक्रम महाभूकम्पको दैबी प्रकोपमा परेका नेपालीलाई समर्पित गर्दै संकलित सम्पूर्ण मुनाफा च्यारेटी गर्ने भएको छ ।

नेपथ्य लाइव कन्सर्ट कार्यक्रमका आयोजक जश पाईजा र राजन अधिकारीले एक बिज्ञप्ती निकाल्दै यो प्राकृतिक विनाशले गरेको जनधनको क्षतिपछि आवश्यक राहत, उद्धार र पुनस्र्थापना कार्यमा सहयोग गर्न यूएईमा स्थापना भएको महाभूकम्प दैबी प्रकोप राहत उद्धार समिति मार्फत नेपालका भूकम्प पीडितलाई सहयोग गर्ने नेपथ्य लाइव कन्सर्ट कार्यक्रम आयोजकले प्रतिबद्धता गरेका छन् ।

राष्ट्रिय ओतप्रोतले भावनाले राहतका लागि नेपथ्यले संगीत यात्रा समेत थाल्ने जनाएको छ । नेपथ्यले देश शोकमा डुबेको बेला आफ्ना पूर्वनिर्धारित तथा आगामी कार्यक्रमलाई भूकम्प पीडितको राहत संकलन तथा त्यसबारे जनचेतना अभियानमा समर्पित गर्ने बताएको छ ।

आयोजकले देश रोइरहेको बेला हाम्रो आशुलाई शक्तिमा बदल्न पूर्वनिर्धारित सांगीतिक कार्यक्रम स्थगित नगरिएको बताएको छ ।