३० आश्विन २०८३, शुक्रबार

भारतीय पत्रकारले पोखरामा प्रहरीमाथि आक्रमण गरे, पोखरा विमानस्थलमा भारतको जगजगी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian_mediaकाठमाडौं, २० वैशाख । भारतीय दुई पत्रकारले पोखरा विमानस्थलमा पनि दबदबा देखाएका छन् । शनिबार बिहान उनीहरुका दबदबा देख्दा लाग्थ्यो, नेपाल भारतकै एउटा प्रान्त हो । ति दुई पत्रकारले ताण्डव नृत्य देखाउँदा नेपालका सुरक्षाकर्मी भने मुक दर्शक बन्न बाध्य भए ।

विमानस्थल छिर्न खोजेका दुई जना भारतीय पत्रकारलाई नेपाली सुरक्षाकर्मीले रोकेपछि उनीहरुले ताण्डव नृत्य देखाउन सुरु गरेका हुन् । शनिवार भित्र जान नदिने आदेश छ भन्दै नेपाली सुरक्षाकर्मीहरुले रोकेपछि ति पत्रकारले हामीलाई रोक्ने त को होस् भन्दै उल्टै सुरक्षाकर्मीमाथि हातपात गरेका हुन् ।

डिउटीमा खटिएका जवानमाथि हातपात भएको देखेपछि विमानस्थल गेटको जिम्मेवारी सम्हालेका एक प्रहरी नायव निरीक्षकले दुवैजना भारतीय सञ्चारकर्मीहरुलाई पछाडी हट्न आदेश दिए । ति पत्रकारले उनलाई पनि हिन्दीमै हपारे–‘तैले हामलाई चिन्दैनस् । हाम्रो माथिसम्म पहुँच छ । हामीले चह्यो भने यहा जे पनि गर्न सक्छौं ।’

रिसले आगो भएका प्रहरी नायव निरीक्षकले पनि हिन्दीमै जवाफ फर्काए–‘यो हाम्रो नेपाल हो, यहाँको सुरक्षाको जिम्मा हाम्रो हो । त बाहिर निस्की ।’ पछि नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीले ति दुई पत्रकारलाई गेटबाटै निकाली दिए ।

घटना यतिमै सिमित रहेन । पत्रकारको एक कल फोनको भरमा उनीहरुलाई लिनमा गेटमै उनीहरुको मान्छे आए । हेर्दा हेर्दै ति पत्रकार भारतीय हेलिकप्टरमा उडे । उता नेपाली पत्रकार भने गेट छिर्नसम्म पाएनन् । भारतीय सञ्चारकर्मीहरुले शक्ती प्रदर्शन गर्दा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बलका जवानहरु मुकदर्शक मात्रै बनिरहे ।

ति पत्रकारले काठमाडौं जाने बताए पनि, गोरखाको हेलिकप्टरमा उडेका थिए । गोरखामा राहत र उद्धारकर्ता पुर्याउनको लागि हाल पोखरा विमानस्थलमा दुई ठूला सहित पाँचवटा भारतीय सेनाका हेलिकोप्टर सञ्चालित छन् । भारतीयहरुको व्यवहारलाई हेर्दा लाग्छ, पोखरा विमानस्थल पुरै भारतको कब्जामा छ ।