काठमाडौं, १९ वैशाख । भूकम्प पीडितको उद्दारका लागि गोरखाको बारपाक पुगेका नेकपा एमालेका नेता किरण गुरुङ घाइते भएका छन् ।
आज विहान ११ : ३० बजे बारपाकमा गएको ५ रेक्टर स्केलको भूकम्पमा परी एमाले नेता गुरुङ घाइते भएको गोरखा प्रहरीले जनाएको छ ।
पूर्वमन्त्री समेत रहेका गुरुङ उद्दार तथा राहत सामग्री लिएर गोरखाको बारपाक पुगेका थिए । महाभूकम्प गएको अठौं दिन आज पनि गएको भूकम्पले गोरखामा पुनः क्षति भएको छ ।
आजको भूकम्पले गोरखाकै लाप्राकमा २५ जना पुरिएको खबर पनि प्राप्त भएको छ । शनिवार नेपालमा आएको ७.८ रेक्टरको महाभूकम्पको केन्द्रविन्दु बारपाकमा आज अर्काे भूकम्प आएको हो । घाइते नेता गुरुङको अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।















प्रतिक्रिया