काठमाडौँ, १९ वैशाख । भूकम्पमा परी छ हजार ६५९ जनाको ज्यान गएको तथा १४ हजार ६२ जना घाइते भएका पछिल्लो विवरण सरकारले सार्वजनिक गरेको छ ।
सिन्धुपाल्चोकमा दुई हजार ४३५ र काठमाडौँमा एक हजार १५२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
भूकम्पले १० हजार ४६४ सरकारी भवन पूर्णरुपमा क्षति भएका छन् भने १४ हजार १८८ घर आंशिक रुपमा भत्केका छन् । सर्वसाधारणका एक लाख ३० हजार ५०३ घरमा पूर्ण क्षति भएको छ भने आंशिक रुपमा एक लाख ३५ हजार ९७० घरमा नोक्सानी भएको छ । रासस















प्रतिक्रिया