२९ आश्विन २०८३, बिहिबार

विदेशमा परिवार गुमेको खवर पाउदा …

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कँडेलकी २० वर्षीया बहिनी चाबहिलको ब्रिलियन्ट एकेडेमीमा १२ कक्षामा पढ्दै थिइन् । उनी परिक्षाको तयारीमा थिइन । गर्भवति भाउजूलाई सघाउन सिन्धुपाल्चोक पुगेक बहिनी पनि त्यतै बिलाईन । केही समय अघि आफ्नो आमालाई गुमाएका कँडेलबाट भूकम्पले परिवारलाई नै खोस्यो । कँडेलले गहभरी आँशु पार्दै भने, ‘गाउँमा मात्र होइन, मेरो त जीवनमै भूकम्प गयो । सबै सपनाहरु भूँइचालोसँगै सकिए ।’

आरपी सहयात्री

यूएइ । गत शुक्रबार छोरा जन्मिएकोमा आफुलाई संसारकै सबैभन्दा खुसी सम्झदै पार्टी दिएका मेलम्ची सिन्धुपाल्चोकका श्यामसुन्दर क“डेलको खुसी १२ घन्टासम्म पनि टिक्न सकेन । शनिबारको भूकम्पले उनको हर्षलाई शोकमा बदलिदियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि नवजात छोराका साथ घर प्रवेश गरेका १० मिनेटमै उनकी २० वर्षिया श्रीमती, छोरा, बहिनी र हजुरआमाको भूकम्पले एकै चिहान पारिदियो । रुन्चे स्वरमा क“डेलले भने, ‘अज संसारकै दुःखी र एक्लो भएको छु ।’ उनका बुबा र कान्छी आमा चाहि“ भागेर भूकम्पबाट बा“च्न सफल भएछन् ।

अबुधाबीस्थित एक सेक्युरिटी कम्पनीमा क्लिनरको काम गर्ने कँडेल १६ महिना अघि यूएई आएका थिए । केही महिना अघि उनकी श्रीमती पनि यूएईमै थिईन । उनको श्रीमतिले हाउस मेडको काम गर्थिन । कँडेलले गर्भवति श्रीमतिलाई ६ महिना अघि नेपाल पठाए । किनकी यहाँ बच्चा जन्माउन निकै महंगो पर्दथ्यो ।

कँडेलकी २० वर्षीया बहिनी चाबहिलको ब्रिलियन्ट एकेडेमीमा १२ मा पढ्दै थिइन् । उनी परिक्षाको तयारीमा थिइन । गर्भवति भाउजूलाई सघाउन सिन्धुपाल्चोक पुगेक बहिनी पनि त्यतै बिलाईन । केही समय अघि आफ्नो आमालाई गुमाएका कँडेलबाट भूकम्पले परिवारलाई नै खोस्यो । कँडेलले गहभरी आँशु पार्दै भने, ‘गाउँमा मात्र होइन, मेरो त जीवनमै भूकम्प गयो । सबै सपनाहरु भूँइचालोसँगै सकिए ।’

शनिबारको भूकम्पमा परी यूएईमा कार्यरत धेरै नेपालीहरुले आफ्नो आफन्त गुमाएका छन् । गोरखा सेवा समाजका सचिव विनोद श्रेष्ठको मित आमाको निधन भएको छ भने मोरङका मोहन राईको छिमेकी ओमप्रकाश निरौलाकी छोरीको काठमाडौंमा निधन भयो । दुबईमा कार्यरत नुवाकोटका दिलिप खड्का र हरि अधिकारीले आफ्नी भाउजू र भान्जी गुमाए । उनीहरुका घर पनि बाँकी रहेन । यहाँ काम गर्ने धेरैसँग आफन्त गुमाएको पीडा छ भने कतिको वास नै उठेको छ ।

यूएईका लागि नेपाली राजदूत धनन्जय झाको निवासमा गत शनिवार राति एनआरएन र क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुको बसेको बैठकले एनआरएनको संयोजकत्व र दूताबासको निगरानीमा आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको थियो । जसको लागि यूएईमा कार्यरत अधिकांश संघसंस्था, समाजसेवी तथा व्यावसायी सम्मिलित एक कमिटी समेत गठन गरेको छ । जसले आफ्नो कार्यलाई तिव्रता दिएको छ । यूएई सरकारले पनि नेपालको सहयोगका लागि राहतका सामग्री र ८८ जना द्धारकर्ताको टोलीसहितको विमान आइतबार नेपालतर्फ पठाएको छ ।

दुबईको राहत नेपाल पुग्यो

राहत संकलनमा दुबईका नेपालीहरु सक्रिय देखिएका छन् । नेपाली बिजनेस काउन्सिल दुबई, नेपाली समाज तथा अन्य संघसंस्था र व्यक्तिहरुको सक्रियतामा संकलित १७ सय ५२ केसी बराबरको खाद्यान्य, लत्ताकपडा, त्रिपाल तथा ब्लाङ्केट लगायतका सामग्रीहरु विहीवार नेपाल पुगेको नेपाली समाजका अध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिए । अघिल्लो दिन नेपाली बिजनेस काउन्सिलको संयोजन तथा दुबईमा उपलब्ध संघसंस्थाका पदाधिकारी र मनकारी नेपालीहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरी सहयोगका लागि आह्वान गरिएको थियो । सहयोगको अपिल गरेको भोलिपल्ट एक ट्रक बराबरको सामग्री जम्मा पारी रेड क्रसेन्टको सहकार्यमा एयर अरेबियामार्फत नेपाल पठाइएको हो । यो अभियान एक हप्तासम्म नियमित चल्ने काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापाले जानकारी दिए । यस अभियानमा नेपालीका साथसाथै भारती, पाकिस्तानी, सिंगापुर, बंगलादेशी नागरिकहरुले समेत सहयोग गरेको व्यावसायी दिपा पाण्डेले जानकारी दिइन् ।

सहयोगी हातहरु फैलदै

भूकम्पपीडितहरुको राहत संकलनमा स्वेच्छिक सहयोग बढ्दै गएको छ । विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले आफ्नो कम्पनीमार्फत राहत सामग्री संकलन गरी बुझाउन थालेका छन् । दुबईको सत्वामा एक चाइनिज रेस्टुरेन्टमा कार्यरत स्टोर म्यानेजर सन्तोष खा“डले आप्mना सबै स्टाफहरुको एक दिन बराबरको तलब भूकप्पपीडितको लागि छुट्टाएको बताए । उक्त रकमबाट तीन बोरा कपडा र ड्राई फुड खरिद गरी नेपाल पठाइएको छ । ‘सन्तोष त एक प्रतिनिधि पात्र मात्र हुन्’, युवा व्यावसायी विदुर राउतले भने, ‘भूकम्पको प्रभावमा परी भोकभोकै रोएका नेपालीहरुको लागि धेरै नेपालीहरुले सहयोग प्रदान गरेका छन् ।’

दूताबासमा श्रद्धाञ्जली सभा

भूकम्पमा परी अकालमा ज्यान गुमाउनेहरुको चीर शान्तिको कामना गर्दै शुक्रवार दूतावास परिसरमा एक श्रद्धान्जली सभाको कार्यक्रम सम्पन्न गरिएको छ । सभामा यूएईमा क्रियाशील जातीय, राजनीतिक र जिल्लास्तरीय संघसंस्थाहरुका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

रेस्टुरेन्टको आम्दानी भूकम्प पीडितलाई

अबुधाबीमा सञ्चालित नेपाल प्यालेस रेस्टुरेन्टका सञ्चालक रामभुवन चौधरीले आफ्नो रेष्टुरेन्टको एक साताको सम्पूर्ण आम्दानी भूकम्प पीडितहरुलाई प्रदान गर्ने घोषणा गरेका छन् । अबुधाबीको मुटुमै रहेको उक्त रेस्टुरेन्ट निकै लोकप्रिय रेष्टुरेण्ट हो । हरेक दिन १५ हजार दिराम्स बराबरको कारोबार हुने उक्त रेस्टुरेन्टको एक दिनको औसत आम्दानी ५ हजार दिराम्स भन्दा बढी हुने चौधरी बताउछन् । उक्त रकम आफु नै नेपाल पुगेर वितरण गर्ने चौधरीले जानकारी दए । चौधरीले आफु कार्यरत बीएमडब्लु कम्पनीबाट पनि करिव ५० लाख रुपैयाँ सहयोग संकलन गरी उक्त रकम बरावरको राहात सामाग्री भूकम्प पीडितलाई प्रदान गर्ने बताएका छन् । दुबईमा सञ्चालित अर्को रेष्टुरेण्ट सिल्भर स्पुनकी सञ्चालिका दिपा पाण्डेले पनि आफ्नो कमाइको २५ प्रतिशत रकम समाजसेवामा खर्चिने बताएकी छिन् ।

यसैबीच प्रवासी नेपाली मञ्चले प्रधानमन्त्री राहत कोषमा २ लाख ५० हजार नेपाली रुपैया“ जम्मा गरेको छ । कतिपय जिल्ला तथा जातीय संस्थाहरुले छुट्टाछुट्टै राहत सङ्कलन गरिरहेका छन् । प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम वास्तविक पीडितसमक्ष नपुग्ने र उक्त पैसामा राजनीति हुने भन्दै गोरखा, स्याङ्जा, धादिङ लगायतका जिल्लास्तरीय संस्थाहरुले जिन्सीका साथै नगद संकलन गरे पनि अहिलेसम्म राहात कोषलाई प्रदान गरेका छैनन् ।

निःशुल्क रकम एक्सचेन्ज

यूएई स्थित बिभिन्न एक्सचेन्ज कम्पनीहरुले नेपालमा पैसा पठाउन लाग्ने सेवा शुल्क फ्रि गरेका छन् । अल अहालिया एक्चेन्जले सबैभन्दा पहिला प्रधानमन्त्री राहत कोषमा पठाउने रकममा सेवा शुल्क फ्रि गरेको अल अहालियाका नेपाल प्रतिनिधि बेनीबहादुर कार्कीले बताए । अल अहालिया एक्सचेन्जले निश्चित समयको लागि सर्बसाधारणलाई पनि निःशुल्क पैसा पठाउने सेवा प्रदान गरेको कार्कीले जानकारी दिए ।

भूकम्पकै कारण सबै नेपालीहरुलाई पैसा पठाउन सहज होस् भनी यूएई एक्सचेन्ज, हबिब एक्सचेन्ज, जोयआलुकास एक्सचेन्ज र अल अन्सारी एक्सचेन्जले एक महिनासम्म सर्भिस चार्ज निःशुल्क गरेका छन् । यस अघि एक्सचेन्जरहरुले ५० हजार नेपाली रुपैया“सम्मको लागि १५ दिराम्स र त्योभन्दा माथिको रकमका लाथि २० दिराम्ससम्म सेवा शुल्क लिने गरेका थिए । भूकम्पका कारण सेवाग्राहीलाई राहत पुगोस् भनी अभियान चलाइएको हबिब एक्सचेन्जका नेपाल कोअर्डिनेटर दीलिप प्रसाईले बताए ।