३० आश्विन २०८३, शुक्रबार

भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या छ हजार छ सय २१, डेढ लाख भौतिक संरचना ध्वष्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Army and Indian Rescue team recovers a  dead body

काठमाडौँ, १९ वैशाख । गत शनिबार र आइतबार गएको भूकम्पमा परी मर्नेको सङ्ख्या छ हजार ६ सय २१ पुगेको छ ।

 

गृह मन्त्रालयले केही उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १४ हजार ५६६ पुगेको हो ।

 

भूकम्पका कारण १० हजार ४ सय ६४ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार १६८ घर तथा भवन क्षति भएका छन् ।

 

सर्वसाधारणका एक लाख ३० हजार ४ सय ९३ घर पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख ३४ हजार ९६३ घर क्षति भएका छन् ।

 

पूर्वाञ्चलमा ५२ जनाको मृत्यु र ३०९ जना घाइते, मध्यमाञ्चलमा छ हजार १४९ मृत्यु र १३ हजार ३५ घाइते, पश्चिमाञ्चलमा ४१८ मृत्यु र एक हजार १९७ घाइते र मध्यपश्चिमाञ्चलमा दुईको मृत्यु र २५ घाइते भएका छन् ।

 

गृह मन्त्रालयका अनुसार सुदूर पश्चिमाञ्चलमा भूकम्पबाट सात वटा सरकारी कार्यालय आंशिक क्षति भएका छन् भने सर्वसाधारणका छ घरमा आंशिक क्षति भएको छ । सो क्षेत्रमा कुनै पनि मानवीय क्षति भने भएको छैन । रासस