२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मञ्च अमेरिकाले कर्मचारीको तलब भूकम्प पीडितलाई दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onf-americaन्युयोर्क, अमेरिका । प्रवासी नेपाली मञ्च अमेरिकाले आफ्नो सम्पूर्ण कर्मचारीको एक हप्ताको तलब नेपालका भूकम्प पीडितलाई दिने घोषणा गरेको छ । मञ्च अमेरिकाको केन्दिय सचिवालयमा बसेको आकस्मिक बैठकले आफ्ना माताहतका सबै कर्मचारीहरुको तलब भूकम्प पीडितलाई दिने निर्णय गरेको हो ।

बैठकअनुसार कम्तिमा १ हप्ताको पारिश्रमिक यस मानवीय कार्यमा उपलब्ध गराउने निर्णय गरेको हो । ‘मातृभुमि नेपालमा आएको विनाशकारी माहभूकम्पक र यसले पु¥याएको धनजनको क्षतिले हामी सबै देशविदेशमा रहेका नेपालिहरूलाई दुःखी बनाएको छ ।

हजारौ आफन्तहरू गुमाई सकेका छौ भने हजारौ दाजुभाई दीदीवहीनिहरू घाईते भएर छट्पटाई रहनु भएको मात्र होईन हजारौको सख्यामा हराई रहेको र सिग्गो राष्ट्र शोकाकुल रहेको यो कठिन र विदारक घडिमा कम्तिमा १ हप्ताको पारिश्रमिक उपलब्ध गराएर देशलाई साथ दिनेछौं’ विज्ञप्तीमा भनिएको छ ।

केंन्द्रको उक्त निर्णयलाई अनुमोदित गदै मञ्चले सहयोग समेत रक़म संकलन गरिरहेको छ । सहयोग रक़म उपलब्ध गराउन बाँकी रहेका आफ्ना सदस्यहरुलाई मानवीय कार्यमा सहयोग गर्न मञ्चले आग्रह समेत गरेको प्रवासी नेपाली मञ्च अमेरिकाका केन्द्रीय महासचिव प्रभु थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।