२९ आश्विन २०८३, बिहिबार

आईपीएलमा शाहरुखको टिम कोलकत्ताको शानदार जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shrukh-kolkataकाठमाडौं, १८ वैशाख । भारतमा जारी आठौं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइडराइडर्सले शानदार जित हात पारेको छ ।

रोबिन उथप्पाको (८०) र आंद्रे रसेलको (५९) बीचको ११२ रनको साझेदारीमा कोलकत्ताले ईडन गार्डनमा चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको हो ।

खेलमा पहिला व्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै १६५ रन बनाएको थियो । चेन्नईले दिएको १६६ रनको लक्ष्य कोलकत्ताले ३ विकेट गुमाएर १ ओभर बाँकी छदै पूरा गरेको थियो ।

आईपीएलमा कोलकत्ताको यो सातौं जित हो । यो जितसँगै कोलकत्ता ९ अंकका खेलको तेस्रो स्थानमा छ । बलिउडका बादशाह शाहरुख खानको कोलकत्ताले सन् २०१४ को आईपीएलको उपाधि जितेको थियो । यसवर्ष पनि उपाधिका लागि कोलकत्ता संघर्षरत छ ।

Ipl-kolkata