२९ आश्विन २०८३, बिहिबार

भूकम्पपछि सुतेकी छैन: नम्रता श्रेष्ठ, नायिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

namrata_shrestha

भूकम्प आउँदा म सुटिङको क्रममा कपनको डाँडामा थिएँ । त्यहाँबाट घरहरु पनि देखिने थिएनन् । भूकम्पले झट्का दिएपछि परिवारको निकै याद आयो । तर मोबाइलमा सम्पर्क हुन सकेन । त्यस्तो बेला अत्तालिएर पनि के काम, संयमित भएँ । फेसबुकबाट नातेदारहरुलाई सम्पर्क गर्ने प्रयास गरेँ । त्यसपछि अनलाइन र न्यूजहरुबाट निरन्तर अपडेट भैरहेकी छु ।

म शनिवारदेखिनै काठ्माडौंको विभिन्न ठाउँ घुमिरहेकी छु । मेरो रेष्टुरेण्ट पनि छ । भूकम्पपछि म सहित मेरो परिवार त्यही रेष्टुरेण्टमा बसेका छौँ । घरमा बस्ने त कुरै भएन । म अहिलेसम्म रातमा पनि जाग्राम बसेकी छु । यस्तो समयमा कसलाई पो निद्रा लागेको होला र ?

यो समय भनेको आफू मात्र नभएर अरुलाई पनि सुरक्षित गर्नुपर्ने बेला हो । भृकुटीमण्डपमा उद्योग वाणिज्य महासंघले शिविर गरेको रहेछ । त्यो देखेर खुशी लाग्यो । म बौद्ध, लाजिम्पाट महाराजगञ्ज, न्यूरोड गेट लगायतको ठाउँमा घुमिरहेकी छु । काठमाडौंको अहिलेको दृष्य देख्दा निकै नरमाइलो लागिरहेको छ । जस्तो अवस्था भए पनि हामी अत्तालिनु हुँदैन ।

‘विगत तीन वर्षदेखि म र मेरी आमा चाबहिल (मित्रपार्क) को अम्बे अपार्टमेन्टमा बस्दै आइरहेका छौं । केही महिना मात्रै भयो हामी अपार्टमेन्टको सातौं तलामा सरेको । शनिबार बिदाको दिन भएकाले बाहिर जाने त्यस्तो कुनै योजना थिएन । टासी दाई (निर्देशक हिमग्याप लामा, टासी) पनि मेरोमा आउनुभएको थियो । मम्मीलाई नशाको समस्या छ । त्यही समस्याको विषयमा बुझ्न दाइले अर्को एक जनालाई लिएर आउनु भएको थियो । हामी चारै जना गफमा मस्त थियौं । एक्कासी सामानहरु बज्न थाले । टोलमा होहल्ला हुन थाल्यो । पछि त हामै्र अपार्टमेन्ट पनि हल्लिन थाल्यो । हामी चारै जना चिच्याउन थाल्यौं । लाग्यो हाम्रो मृत्य आजै रहेछ । ७ तल्ला माथि भएको मान्छे तल आउन सक्ने अवस्थै थिएन । फेरी मम्मीलाई एक्लै छोडेर भाग्न पनि सकिंन । दाइहरु पनि भाग्नु भएन् । भूकम्पले हल्लाउँदा मम्मी भगवानको नाम जपेर बस्नुभयो, म चाहिं मम्मी, मम्मी भन्दै चिच्याइ रहें । जब अपार्टमेन्ट हल्लिन छाडे जस्तो भयो हामी सबै जना खाली खुट्टा ७ तल्लाबाट तल झर्‍यौं । बाहिर निस्कँदा सबै जना अम्बेका मान्छे मरे भनेर बसेका रहेछन् । मलाई पनि लाग्यो हामी मरेर बाँच्यौं ।’

दैनिक नेपालसँगको कुराकानीमा आधारित