१४ कार्तिक २०८३, शनिबार

भूकम्पका कारण मृत्यु हुने छ हजार दुई सय चार पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Army and Indian Rescue team recovers a  dead bodyकाठमाडौँ, १८ वैशाख । यही शनिबार र आइतबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या छ हजार २०४ जना पुगेको छ ।

गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १३ हजार ९३२ पुगेको छ । भूकम्पका कारण १० हजार ३९४ सरकारी घर पूर्ण रुपमा क्षति भएका छन् । आंशिक रुपमा १३ हजार ८८० घर क्षति भएका छन् ।

सर्वसाधारणका एक लाख ३८ हजार १८२ पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख २२ हजार ६९४ भर घर क्षति भएका छन् ।

गृह मन्त्रालयका अनुसार पूर्वाञ्चलमा ५२ को मृत्यु र ३०९ घाइते, मध्यमाञ्चलमा सबैभन्दा बढी पाँच हजार ७३५ मृत्यु र १२ हजार ४०३ घाइते, पश्चिमाञ्चलमा ४१५ मृत्यु र एक हजार १९६ घाइते र मध्यपञ्मिाञ्चलमा दुईको मृत्यु र २४ घाइते र सूदूर पश्चिमाञ्चलमा भूकम्पबाट कुनै पनि मानवीय क्षति भएको छैन ।