१४ कार्तिक २०८३, शनिबार

नेपालको भूकम्पमा पनि भारत र पाकिस्तानको झगडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-pakistan

काठमाडौं, १७ वैशाख । चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानको झगडा नेपालको भूकम्पमा पनि देखिएको छ ।

नेपालका भूकम्पपीडितका लागि पठाएको सामानलाई लिएर भारतीय मिडियाले पाकिस्तानको निकै आलोचना गरेका छन् । पाकिस्तानले नेपालका भूकम्प पीडितलाई बाँड्न गाईको मासु मिसिएको परिकार बिफ मसाला नामक खानेकुरा पठाएको भन्दै भारतीय मिडियाले खेदो खनेका छन् । भारतीय टेलिभिजन आजतकसहितका महत्वपूर्ण निजी टेलिभिजन च्यानल र दैनिक पत्रिकाहरुले लेखेका छन् –‘राहतको नाममा पाकिस्तानले पठाएको सामग्रीमा गाईको मासुबाट बनेको परिकार (बीफ मसला) पनि छ यसको पुष्टि बीर अस्पतालका डाक्टरले गरेका छन् ।’

आजतकका अनुसार, नेपालमा अधिकांश हिन्दू धर्मावलम्बीको बाहुल्यता भएको र हिन्दूराष्ट्रमा मुस्लिम राष्ट्र पाकिस्तानले गाइको मासुबाट बनेको खानेकुरा पठाएर धोका र अपमान गर्न खोजेको भारतीय मिडियाले आरोप लगाएका छन् ।

pak_beeef-s
पाकिस्तानबाट पठाइएको भनिएको आलु भुजा र बिफ मसला

वीर अस्पतालका चिकित्सिक डा. वीरबल सिंहलाई उधृत गर्दै लेखिएको समाचारमा पाकिस्तानले पठाएको राहत सामग्री लिन बिमानस्थल पुग्दा गाइको मासुबाट बनेको परिकार समेत भेटिएपछि नेपाली टोलीले त्यसै छाडेको थियो । ‘हामी राहत सामग्री ल्याउन विमानस्थल गएका थियौं, पाकिस्तानबाट आएको सामाग्रीमा बीफ मसला भेट्टियो ।’ उनले भनेका छन् ।

हुन त भारत र पाकिस्तान जन्मैदेखिका दुस्मन हुन् । यी दुबैको झगडा जहिले पनि भइरहन्छ । दुबैले एक अर्काको प्रगति देख्न सक्दैनन् । त्यस्तो अवस्था अहिले नेपालको भूकम्पमा राहतको विषयलाई लिएर पनि भइरहेको छ । भारत र पाकिस्तान दुवै नेपालका मित्रराष्ट्र हुन् । तर, भारतीय मिडियाले नेपाली भूमिमा आएर पाकिस्तानको आलोचना गर्नुले उसको नियतमाथि प्रश्न उब्जिएको छ- आखिर भारत यहाँ राहत र उद्दारका लागि आएको छ कि कलह निम्त्याउन ?