३० आश्विन २०८३, शुक्रबार

आज राती १२ बजेबाट फोन गर्दा पैसा लाग्ने, अहिलेसम्मका सबै सेवा निःशुल्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-telicomकाठमाडौं, १७ वैशाख । नेपाल टेलिकमले विहीवार राती १२ बजे पछिबाट मात्र आफ्नो सेवाबापत सेवा शुल्क लिने भएको छ । अहिलेसम्म दिएको सवै सेवा निःशुल्क रहेको टेलिकमले स्पष्ट पारेको छ ।

शनिवार गएको भूकम्पपछि टेलिकमले निशुल्क रुपमा सेवा प्रदान गर्दै आएको छ । तर उसले यसअघि आफ्नो सेवा निःशुल्क रहेको घोषणा भने गरेको थिएन । जसका कारण पछि पैसा काट्ने होकी भन्ने ग्राहकमा शंका रहेको थियो । तर टेलिकमले विहीवार एक विज्ञप्ती जारी गरी अहिलेसम्म दिएको सेवा निःशुल्क रहेको पुष्टि गरेको हो ।

टेलिकमले जिएसएम तथा सिडिएमए नेटवर्कबाट भएका सम्पूर्ण कल, अन्तर्राष्ट्रिय एसएमएस तथा डेटा निःशुल्क उपलब्ध गराएको विज्ञप्तीमा उल्लेख छ ।

रिचार्ज कार्डको उपलब्धता सहज नभएसम्मको लागि सिममा ब्यालेन्स सकिए पनि कल तथा एसएमएस गर्ने सुविधा प्रदान गर्ने टेलिकमले जनाएको छ । तर त्यस सेवाबापत पछि सेवासुल्क लिने टेलिकमले बताएको छ ।

भूकम्प प्रभावित क्षेत्र तथा उद्धार कार्यमा सहजता प्रदान गर्नको लागि वाइम्याक्समार्फत वाइफाइ, हटस्पट सेवा भने निःशुल्क रुपमा उपलब्ध गराउने टेलिकमले जनाएको छ ।