१४ कार्तिक २०८३, शनिबार

अझै ठूलो भूकम्प आउँदैछ भन्ने हल्ला यसकारण झुटो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamap-ktm

काठमाडौँ, १७ बैशाख । फेरि ठूलो भूकम्प जाने भन्दै देशभर हल्ला फिजिएपछि भूकम्पविदहरुले त्यसको खण्डन गरेका छन् ।

दैनिक नेपालसँग कुराकानी गर्दै राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ठूलो भूकम्प जान्छ भन्ने भ्रममात्रै भएको बताउनुभयो । उहाँले अनावश्यक हल्ला फिजाउनेलाई नजिकको प्रहरी कार्यालयमा बुझाउन समेत सुझाव दिनुभयो ।

‘भूकम्प यतिबेला, यत्रो जान्छ भनेर भविष्यवाणी गर्न आजको मितिसम्म कसैले पनि सकेको छैन । यदि यस्तो भविष्यवाणी गर्न सकिन्थ्यो भने शनिबार भूकम्प जानुभन्दा अघि नै भविष्यवाणी गरिन्थ्यो नि, किन गरिएन त ?’ उहाँले दैनिक नेपालसँग भन्नुभयो ।

विकसित मुलुकहरुलाई उदाहरण दिँदै उहाँले भूकम्पको भविष्यवाणी गर्न नसकिने उहाँ विदेशमा समेत ठूला ठूला भूकम्पले विगतमा क्षति पुगेको बताउनुभयो ।

उहाँले शनिबार ठूलो भूकम्प गएकाले साना साना भूकम्प जानु स्वभाविक भएको बताउनुभयो । ‘भूकम्प गएको पहिलो दिन १२ घण्टाको अवधिमा ३८ वटा भूकम्प गएको थियो । आजसम्म १११ सय पटक भूकम्पको धक्का महसुस भइसकेको छ । अब ठूलो भूकम्प आउँदैन । हल्लाको पछि नलाग्न सबैलाई अनुरोध गर्दछु’– उहाँले दैनिक नेपालसँग भन्नुभयो ।

अधिकारीका अनुसार, बुधबार तीन पटकसम्म भूकम्पको धक्का महसुस गरिएको छ । पछिल्लोपटक १ बजेर २९ मिनेटमा दोलखामा ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । यसैगरी, धादिङमा केन्द्रबिन्दु बनाएर बिहान ६ बजेर २२ मिनेटमा र बिहान ८ बजेर ३१ मिनेटमा रसुवालाई केन्द्रबिन्दु भनेर ४.७ रेक्टर स्केलको भूकम्प गएको उहाँले बताउनुभयो । प्रायः पाँच रेक्टर स्केल भन्दा तलका भूकम्पले क्षति नपु¥याउने उहाँले बताउनुभयो ।