२८ आश्विन २०८३, बुधबार

लोग्ने जेठानीसँग पल्किएको थाहा पाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapकाठमाडौं । पारिवारिक सम्बन्ध अनेक अनेक हुन्छन् । अहिलेको नैतिकता नभएको हाम्रो समाजमा विभिन्न प्रकारका अवैध सम्बन्धहरु पनि हुने गरेका छन् । ति सम्बन्धहरुमा यौन सम्बन्ध बढी हुने गरेको छ । संसारमा सबैभन्दा बढी अपराध यौनले निम्त्याउछ ।

त्यो अपराध आफ्नै परिवारमा पनि हुने गर्छ । भारतको राजस्थानमा एक परिवारमा यस्तै अपराध निम्तिएको छ । घरमा श्रीमती हुँदाहुँदै आफ्नै भाउजूसँग पल्किएका पुरुष युवक रंगेहात पक्राउ परेपछि अपराध निम्तिएको हो ।

घरमा लोग्नेले जेठानीसँग अवैध सम्बन्ध राखेको देखेपछि उनीमाथि आक्रमण भएको छ । आफ्नो लोग्नेलाई जेठानीसँग शारीरिक सम्पर्क राख्न रोक्न खोज्दा उल्टै कुटिएकी छिन् । जेठानी र लोग्नेले मिलेर ति महिलामाथि कुटपिट गरेका छन् । यो घटना बुधबारको हो ।

कोठामा बन्द गरेर पहिले कुटपिट गरेको र त्यसपछि उनको यौनअंगमा आगो लगाएर जलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘मैले लोग्नेलाई नर्गनुस भन्दा जेठानीसँग मिलेर कुटे, त्यसपछि लोग्ने मेरो लुगा खोलर योनीमा लाइटर बालेर जलाए’ अस्पतालमा रहेकी ति महिलाले प्रहरीमा वयान दिएकी छिन् ।

उनको राजस्थान सरकारी अस्पतालमा उपचार भइरहेको छ । अहिले महिलाको अवस्था गम्भीर रहेको छ । राजस्थान स्थित पुलिस ठानाका इन्सपेक्टर सुनील गुप्ताले पीडित महिलाका जेठानी र लोग्नेलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिनुभयो । एजेन्सी