काठमाडौं । शनिवार नेपालमा गएको महाभूकम्पबाट पीडित भएका सर्वसाधारणको सहयोगका लागि बेलायतकी हिरोइन जोअना लुम्लेले एकैदिन ३ अर्ब नेपाली रुपैयाँ संकलन गरेकी छिन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हिरोइन लुम्लेले सञ्चालन गरेको डिजास्टर इमरजेन्सी कमिटी (डिइसी) ‘नेपाल अर्थक्वेक अपील’ राहत संकलन अभियान अन्तर्गत बेलायतमा मंगलबार र बुधबार बीचका २४ घण्टामा २ अर्ब ९७ करोड रुपैयाँ संकलन गरेको हो ।
हिरोइनको अभियानमा बेलायतकी महारानी र युवराज चार्ल्सले पनि ऐकेबद्धता जनाएका छन् । अभियानबाट संकलित उक्त रकमलाई भुकम्पबाट प्रभावित भएका नेपालीहरुलाई खर्च गरिने बताइएको छ । जसमा बेलायत सरकारले ९० लाख रुपैयाँ दिएको छ ।
सन् २००९ मा पूर्व गोरखाहरुलाई बेलायतको आवासीय भिसाका लागि अभियान सफल बनाएर हिरोइन लुम्ले नेपाली र गोरखालीमाझ चर्चित छिन् । उनलाई नेपाल तथा बेलायतमा गोरखालीकी छोरी पनि भन्ने गरिन्छ । एजेन्सी















प्रतिक्रिया