२९ आश्विन २०८३, बिहिबार

कराते खेलाडी श्रेष्ठबाट भूकम्पपीडितलाई एक लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

black beld photoकाठमाडौँ, १७ वैशाख । सितोरियो कराते पूर्वखेलाडी आरके पहाडी श्रेष्ठले काभे्रका भूकम्पपीडितका लागि रु एक लाख बराबरको सहयोग गर्ने हुनुभएको छ ।

हाल दक्षिण कोरियाको सिहोलमा रहनुभएका श्रेष्ठले काभ्रेका ५० घरका लागि चामल र दाललगायत खाद्यान्न सहयोग गर्नु हुनेछ ।

उहाँको गृह जिल्लासमेत रहेको काभ्रेका ५० घरका लागि प्रत्येकलाई ३० किलोको एक बोरा चामल र दुई किलो दाल बाँडिने छ । उहाँ हाल कोरियामा रहनुभएकाल धर्मपत्नी शारदा प्रजापतिले भूकम्पपीडितका लागि खाद्यान्न बाँड्ने हुने छ । उहाँ २०५० देखि २०५७ सालसम्म नेपालमा करातेको राम्रो खेलाडीका रुपमा सबैमाझ परिचित हुनुहुन्थ्यो । रासस