काठमाडौं । हाम्रो समाजमा भाउजूलाई आमा समाज मानिन्छ । तर थारु समुदायमा दाइको मृत्युपछि आफ्नै भाउजूसँग देवरले विवाह गर्ने चलन पनि छ । तर त्यो कुरा भाउजूको सहमतिमा मात्रै हुन्छ ।
नेपाल सँगै भारतमा केही समुदायमा पनि दाइको मृत्युपछि भाउजूसँग देवरले विवाह गर्ने प्रचलन रही आएको छ । त्यही प्रचलन अनुसार भारतको राजधानी नयाँदिल्लीमा एक युवकले दाईको मृत्युपछि एकल भएकी भाउँजूको जवानीमा पागल भएर विवाह गर्न खोजेका छन् ।
नयाँदिल्लीका २८ वर्षीय शिवराम वेदी आफ्नै भाउजूको जवानीमा पागल भएका हुन् । दाईको मृत्युपछि उनले भाउजूसँग विहेको प्रस्ताव समेत राखेका थिए । शिवराम विवाहित पुरुष हुन् । तर, उनको समुदायमा विधवा भएकी भाउजूसँग विवाह गर्ने चलन छ ।
त्यही परम्पराका कारण उनले विवाहित हुँदाहुँदै पनि आफ्नी भाउजूको जवानीमा पागल भएर विवाहको प्रस्ताव राखेका हुन् । तर उनकी भाउजूले प्रस्ताव अस्वीकार गरेकी छिन् । देवरलाई विवाहित भन्दै प्रस्ताव अस्वीकार गरेकी हुन् ।
त्यो कुरा शिवरामकी श्रीमतीले पनि थाहा पाईन् । उनले पनि शिवरामलाई सम्झाउने कोशिस गरिन् । तर शिवराम आफ्नी भाउँजूको जवानीको नशामा डुबिसकेका थिए । जसकारण विवाह गर्ने अडानमा बसे । तरपनि भाउजूले विवाह गर्न नमानेपछि श्रीमती पसल गएको बेला शिवरामले जबरजस्ती गरेका छन् ।
घरमा कोही नभएको बेला विधवा भाउजूमाथि शिवरामले जबरजस्ती बलात्कार गरेको घटना सार्वजनिक भएको हो । पतिवियोगान्तमा घरभित्र बसिरहेकी भाउजूको जबरजस्ती कपडा खोलेर शिवरामले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
यो घटना सन् २०१० को हो । यो मुद्दामा अदालतले बुधबार मात्रै फैसला गरेको छ । अदालतले श्रीमतीले आफ्नो श्रीमानलाई परस्त्रीसँग सम्बन्ध राख्न नदिन निगरानी गर्नुपर्नेमा जोड दिएको छ ।
साथै यो घटना पारिवारिक भएको र यथेष्ठ प्रमाण नपुगेको भन्दै अदालतले मुद्दा खारेज गरिदिएको छ । साथै परिवारमै मुद्दा मिलाउन आग्रह समेत गरेको छ । २०१० देखि हिरासतमा रहेका शिवरामलाई अदालतको फैसलापछि प्रहरीले बुधबारै छाडेको छ । एजेन्सी













प्रतिक्रिया