मुम्बई । शनिवार नेपालमा आएको महाभूकम्पको असर भारतमा पनि परेको अन्य क्षेत्रमा जस्तै चलचित्र क्षेत्रमा पनि भूकम्पको असर परेको छ । यस्तो बेला सबैले नेपालका भूकम्प पीडितलाई सहयोग गर्नका लागि उत्प्रेरित गरिरहेका छन् ।
यसैक्रममा बलिउडका बादशाह अभिनेता शाहरुख खानले नेपालका भूकम्प पीडितलाई सहयोग गर्न सार्वजनिक रुपमा अपिल गरेका छन् ।
भूकम्प आएको दिन ट्विटरबाट सहयोग जुटाउन अपिल गरेका शाहरुखले बुधबार एक टेलिभिजन कार्यक्रममा सार्वजनिक रुपमा नेपालका भूकम्प पीडितको सहयोगका लागि लाग्न अपिल गरेका हुन् ।
उनले भनेका छन्–‘सम्पूर्ण मेरा प्रिय फ्यान देशवासीलाई नेपालका भूकम्प पीडित बालबालिको सहयोगमा लाग्न आग्रह गर्दछु ।’ खबर अनुसार शाहरुख खानले व्यक्तिगत सहयोग गर्ने तयारी पनि गरेका छन् । कति गर्ने भन्ने बारेमा खुलाइएको छैन् ।
यसैबीच बलिउड अभिनेता अमिताभ बच्चनले पनि नेपालका भूकम्प पीडितलाई सहयोग गर्न आग्रह गरेका छन् । अभिनेता अक्षय कुमारले त आफ्नो फिल्मको एक दिनको कमाई नेपालका भूकम्प पीडितलाई दिने घोषणा गरेका छन् । एजेन्सी















प्रतिक्रिया