१४ कार्तिक २०८३, शनिबार

काठमाडौंमा एकाविहानै फेरि भूकम्प गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Sagarmatha2काठमाडौँ, १७ वैशाख । शनिवारको महाभूकम्पपछि बिहीबार विहान ४.७ रेक्टर स्केलको भूक्म्प गएको छ । आज बिहान ६ बजेर २२ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको १०७ वटा भूकम्पको धक्का महसुस गरिएको छ । त्यसअघि हिजो राति ११ बजे गोरखा केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको सानातिना कम्पन आइरहने भएकाले यसबाट आत्तिन नपर्ने भूकम्पविद्हरूले बताएका छन् ।

ठूला भूकम्पपछि साना कम्पनहरू आउनु स्वभाविक प्रक्रिया भएकाले यसबाट अतालिनुपर्ने अवस्था नरहेको भूकम्पविद् डिल्लीराम तिवारीले बताउनुभयो ।