– रवि रोषी
दोहा, कतार । नेपालमा गएको भूकम्पको कारणले जनधनमा क्षति पुगी दैवी मारमा परेका नेपालीको सहयोगार्थ आर्थिक सहयोग संकलन गर्ने क्रममा कतारबाट एकै दिनमा २ लाख रियाल (५५ लाख नेपाली रुपैयाँ) संकलन भएको छ ।
कतारका चर्चित व्यवसायी तथा समाजसेवी महेन्द्र चौंलागाईंको विशेष पहलमा सो रकम संकलन हुन सम्भव भएको हो । प्रवासी झापाली सम्पर्क मञ्च समेत रहेका चौंलागाईंले प्रवासी झापाली सम्पर्क मञ्चसंग सहकार्य गरी सो रकम नेपाल पठाएर मञ्चकै स्थलगत अनुगमन पश्चात सम्बन्धित प्रशाशनिक पहलमा भूकम्प पीडितहरुलाई आवश्यक राहत सामाग्री बाँडिने कुरा उनले बताए ।
आर्थिक सहयोग संकलन कार्यमा प्रवासी झापाली सम्पर्क मञ्चले पनि संस्थागत रुपमा लाखौं रुपैंया संकलन गरिसकेको र सहयोगको लागि बचनबद्धता गर्नेहरुबाट उठाउने कार्य जारी रहेको मञ्चका अध्यक्ष चुडामणी कार्कीले बताए ।
उक्त संकलित सहयोग रकम प्रवासी झापाली सम्पर्क मञ्चको अगुवाईमा कतारबाट नै विशेष टोली नेपाल पठाएर भूकम्पीय प्रभावबाट अति प्रभावित जिल्लाका दुर्गमा क्षेत्रहरुमा गई सम्बन्धित प्रशाशनिक सहयोगमा प्रदान गरिने कुरा पनि पत्रकार संगको भेटघाटमा बताए ।
भूकम्पले अति प्रभावित बनाई तहस नहस बनाएको राजधानी बाहिरको सिन्धुपाल्चोक, गोरखा, नुवाकोट तथा गोरखा जिल्लामा गई राहत सामाग्रीहरु बाँड्ने योजना तय भैसकेको पनि राहत संकलन अभियानका मुख्य पहलकर्ता चौंलागाईले बताए । हाल सम्म चौंलागाईको पहलमा संकलन भैसकेको रकम निम्नानुसार रहेको छ ।
1) महेन्द्र प्रसाद चौंलागाईं १ लाख ३७ हजार ५ सय । 2) Safari Hyper Market Qatar 25000 QR । 3) Zublin International Qatar15000 QR । 4) Pradeep Bhanja ( INDIA) 10000 QR । 5) AIRLINK OVERSEAS (BANGLADESH) 5000 QR । 6) Mohammad Rasoul A. Shamsi Qatar 5000 QR । 7) Abu Siddique Bangladesh Bangladesh 500 QR । 8) M&S INTERNATIONAL India 5000 QR । 9) Win International Bangladesh 5000 QR ।
उल्लेखित सम्पुर्ण व्यक्ति र कम्पनीहरुबाट चेक प्राप्त भैसकेको र बाँकी व्यक्तिहरुबाट पनि चेक प्राप्त भैसकेको भएपनि उठाउने क्रम जारी रहेको हुँदा आफुले प्रतिबद्धता गरेको २ लाख रियाल अर्थात् ५५ लाख नेपाली रुपैंया विहीबार नेपाल पठाउने तयारी भैसकेको पनि व्यवसायी तथा समाजसेवी चौंलागाईंले बताउनुभयो । भूकम्पीय प्रकोपमा परेका नेपालीहरुलाई सहयोग गर्ने कतारको तर्फबाट हालसम्मकै यो ठूलो सहयोग रकम हो ।
















प्रतिक्रिया