चितवन, १६ वैशाख । शनिवार आएको महाभूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि अस्पतालहरुले निःशुल्क सेवा दिने भएको छ । विनाशकारी महाभुकम्पद्धारा भएको मानवीय तथा भौतिक क्षति दुःख व्यक्त गर्दै चितवन मेडिकल कलेजले निःशुल्क सेवा दिने जनाएको छ ।
राष्ट्रमा परेको विपद्को परिस्थितीमा अस्पतालले आºनो सामाजिक उत्तरदायित्व मनन गर्दै सम्पूर्ण विशेषज्ञ चिकित्सक, दक्ष प्राविधिक एवम् नर्सहरु तथा कर्मचारीहरु खटाएर विरामीको निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने चितवन मेडिकल कलेजले विज्ञप्ती निकालेर जानकारी दिएको हो ।
‘सम्पूर्ण विरामीहरुलाई विशेष प्राथमिकता दिई सामान्यदेखि जटिल अवस्थाका विरामीहरु शल्यक्रिया तथा उपचार निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको व्यहोरा जानकारी गराउँदछौ ।’ विज्ञप्तीमा भनिएको छ ।
विनाशकारी महाभुकम्पबाट पीडित भई अस्पतालमा राष्ट्रका विभिन्न भागहरु १४ जिल्लाबाट बुधबार ४ बजेसम्म जिल्लाका अस्पतालहरु मध्ये सबैभन्दा बढी १३१ जना विरामी हाल उपचार गराएर केही विरामीहरु घर समेत फर्केको अस्पतालले जनाएको छ । अस्पतालमा आएका १३१ विरामी मध्ये ६१ जना पुरुष रहेका छन् भने, ७० जना महिला रहेका छन् ।
जसमा अस्पतालले ३४ जनाको हाडजोर्न शल्यक्रिया, ७ जनाको टाउकाको शल्यक्रिया, ५ जनाको अन्य भागको शल्यक्रिया, ४६ जनाको गम्भिर तथा चिन्ताजनक अवस्थामा निःशुल्क उपचार गरिएको थियो ।
यस्तै, अन्य सामान्य अवस्थाका ८५ जनाको उपचार गरिएको थियो । १३१ जनामध्ये ३६ जना उपचार पश्चात घर फर्किएका छन्, भने एक जनाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।














प्रतिक्रिया