– रेखा ओझा
टेक्सास (अमेरिका) । नेपालको भूकम्प पीडितका लागि अमेरिकाको टेक्सास राज्यमा पनि राहत संकलन गरिएको छ ।
डाल्लासको अर्बिङस्थित हिमालयन अरोमा रेष्टुरेण्टले राहत संकलन स्वरुप निःशुल्क भोजनको व्यवस्था गरेको थियो । रेष्टुरेण्ट आउने ग्राहकहरुले स्वेच्छाले रकम संकलन गरेका हुन् । दिनभरमा ५ हजार ७१ डलर करिब (पाँच लाख रुपैंया नेपाली) संकलन भएको हो ।
संकलित रकम रेष्टुरेण्टका म्यानेजर निरज पन्त स्थानीय नेपाली अगुवा विवेक सेढाईंले हस्तान्तरण गरेका थिए । रकम छिट्टै नेपालका भूकम्पपीडितलाई वितरण गरिने भएको छ ।

















प्रतिक्रिया