काठमाडौं, १६ वैशाख । शनिवारको ७.६ रेक्टरस्केलको महाभूकम्पपछि काठमाडौंमा निरन्तर भूकम्प आइरहेको छ । बुधबार साँझ काठमाडौंमा फेरि ४.४ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार केही समयअघि मात्रै ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । गत शनिवार आएको महाभूकम्पपछि स–साना भूकम्पले अझै पनि सर्वसाधारणको मनमा त्रास कायमै राखेको छ । विज्ञहरुले भूकम्प आउने क्रम कम हुँदै जाने बताएका छन् ।













प्रतिक्रिया