२९ आश्विन २०८३, बिहिबार

विपत्तिमा परेकी नेपाल आमालाई प्रवासी चेलीको कारुणिक पत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Flag of Nepal. Creation: (c)2007 T. Demand, Wallpaper: 2011 T. Demand, Wpic This wallpaper is free to be used as a desktop wallpaper on your computer. Any other usage, publication, distribution is not allowed.

नेपाल आमा

एलिजा पोखरेल
हाल : अमेरिका

नेपाल आमा रोईरहेकी छिन् आज,
आफ्नो सन्तानको बिचल्ली देखेर,
उनका सन्तान त्रशित छन आज,
छिन् छिन् को झट्का महसुस गरेर !

कति बालक टुहुरा भए,
कति आमाको काख रित्तियो,
कतिको सिउँदोको सिन्दुर मेटियो,
कतिको घरबार सबै लुटियो,
अनि कतिका आफन्तहरु अझै घर फर्केका छैनन् !

ती कहिले नरसाएका आँखाहरु भिजेका छन् आज,
ती अन्जान मान्छेहरु परिवार बनेका छन् आज,
नेपाल आमालाई चिनाउने, त्यो अग्लो धरहरा रहेन,
ता पनि नेपाल आमाको शान भने कहिले घटेन !

टाउको माथि छानो छैन,
पिउनलाई पानी छैन,
शरिर ढाक्न कपडा छैन,
तै पनि बाच्ने आश डगमगिन दिएका छैनौ,
अटल छौ हामीहरु,
नेताजीहरु –
मुखले भाषण हैन,
हातले सहयोग गर्न तिर लागौ बरु !

बिदेशबाट प्राप्त भएका सहयोगले
कसैको त घरको छानो बनोस,
कसैको त मुखमा अन्न परोस,
कसैको त शरिर ढाकियोस,
कसैको घरमा त टुकी बलोस,
न कि नेताहरुको खल्ती भरोस !

कोलाहल लाग्दो त्यो दृश्य देखेर,
सबै नेपालीको मन आत्तिएको छ,
पुर्खाहरुले बनाएका –
ती सुन्दर संरचना सबै पल भरमै भत्किएको छ !

विदेशमा बसेका म जस्ता कति नेपालीको मन,
भतभत पोलिरहेको छ,
नेपाल आमाको गुहार समुन्द्र पारीसम्म,
सुनिईई रहेको छ !

हामी नेपाली,
हाम्रो देशबाट जति टाढा भए पनि, जस्तो भए पनि,
जति सुकै ठूलो औधामा पुगेपनि,
एक छाक दालभात नखाई चित्त बुझ्दैन,
बुर्गेर र पिज्जा खादैनौ-
अब नेपाल आमालाई
फेरि पहिला जस्तै खुशी र सुन्दर नबनाई,
अब हामी सुत्दैनौ !!!