काठमाडौं । भारत तथा विश्वमै चर्चाको शिखर बनेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले फेरि चर्चामा आएका छन् । भारतमा नयाँ नयाँ काम गरेर जनताको मन जितेका मोदी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन् ।
भर्खरै गरिएको एक अध्ययन अनुसार मोदी ट्विटरमा विश्वमै तेस्रो नेता बनेका छन् । ट्विटर फ्लोर्सका आधारमा मोदी विश्वमै धेरै मनपराएका व्यक्तिमध्ये तेस्रो नम्बरमा परेका हुन् ।
आईएएनएसले गरेको अध्ययन अनुसार मोदीका विदेश मन्त्री सुष्मा स्वराज ट्विटरमा विश्वकै धेरै मनपराइएकी पहिलो मन्त्री बनेकी छिन् । आईएएनएसको २०१५को अध्ययन अनुसार सुषमा स्वराजलाई २,४२८,२२८ जनाले फलो गरेका छन् । र उनी विश्वमै ट्विटरमा सबैभन्दा बढी फ्लो गरिने विदेश मन्त्री समेत बनेकी छिन्
उनी यूएईका अब्दुल्ला बिन जायद (१,६०८,८३१) र टर्कीका मेवलुत कावुसोग्लु (३७६,४२९) भन्दा अगाडी छिन् । यो अध्ययन २४ मार्च सम्मको हो । जसमा अमेरिकाका राष्ट्रपति बराक ओबामा पहिलो नम्बरमा छन् । उनका ट्विटर फ्लोर्स ५६,९३३,५१५ रहेका छन् ।
त्यस्तै दोस्रो स्थानमा पोप फ्रांसिस रहेका छन् । उनका ९,५८०,९१० फ्लोर्स रहेका छन् । भने १०,९०२,५१० फ्लोर्ससहित मोदी तेस्रो नम्बर सर्वाधिक मनपराइएका व्यक्तिमा चुनिएका हुन् ।
सन् २०१४ मा मोदीले भारतमा चुनाव जितेर प्रधानमन्त्री हुनु जनता लागि नयाँ नयाँ योजना सार्वजनिक गर्नुले धेरैले उनलाई मनपराइएको बताइएको छ । एजेन्सी














प्रतिक्रिया