२९ आश्विन २०८३, बिहिबार

पैसा चोरेको आरोपमा फुटबल खेलाडी रेगिनाल्डो पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football-reginaldo-rivelino-jandosoकाठमाडौं, १५ वैशाख । बैंकको एटिम कार्डबाट पैसा चोरेको आरोपमा एक फुटबल खेलाडी पक्राउ परेका छन् ।

कोरिंथियांस फुटबल क्लबका पूर्व मिडफील्डर रेगिनाल्डो रेविल्नो जांडोसोलाई एक एटीएम मसीनबाट पैसा चोर्दै गरेको अवस्थामा ब्राजिल प्रहरीले शनिबार पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार सस्था सिन्हुआका अनुसार ४१ वर्षीय रेगिनाल्डोलाई साओ पाउलोबाट करीब सय किलोमीटर दूरीमा रहेको अमेरिकाना सहरबाट पक्राउ गरिएको हो ।

उनले २००४ मा ब्राजीलियाई सेरी–ए टूर्नामेंटमा कोरिंथियांसबाट चार खेल खेलका थिए । त्यसको साथै आफ्नो खेल जीवनमा सांतोस र पोंटे प्रेटा क्लबबाट पनि उनले खेलिसकेका छन् ।

उनलाई प्रहरीले हिरासतमा राखेर अहिले थप अनुसन्धान गरिरहेको जनाइएको छ । एजेन्सी