२९ आश्विन २०८३, बिहिबार

भूकम्पपछि किन रोइन् नायिका शुष्मा कार्की ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushma-Karki

काठमाडौँ । गत शनिवार नेपालमा गएको बिनाशकारी भूकम्पले धेरैलाई पींडा दियो, हजारौँको ज्यान लियो । भूकम्पको कारण सर्वसाधारणले मात्र होइन, नेपालका कलाकारहरुले पनि निकै सास्ती भोग्नुपर्‍यो । यो विनाशकारी भूकम्पको विनाश देखेर अभिनेत्री शुष्मा कार्कीको त आँखाबाट आँशु नै खस्यो ।

दैनिक नेपालसँगको कुराकानीमा शुष्मा भूकम्पको त्यो क्षण सम्झन थाल्छिन्, ‘म ठूलो भूकम्प जाने समय नौबिसेतिर थिएँ । भूकप्पले मेरा छेउछाउको घरहरु भत्किन थाले, मेरो भाइको टाउकोमा चोट लागेछ । उसलाई हस्पिटल लगेर टाँका नै लगाउनु पर्‍यो।’ शुष्मा खुल्दै जान्छिन्, ‘डराई, डराई घरमा आएको थिएँ, धराहरा भत्किएको खबर सुनेँ, नेपालको गहना बसन्तपुर, दरबार स्क्वायर पनि तहसनहस भएछ । बसन्तपुरको त्यो सुन्दर दृष्य सम्झेर रुन मन लाग्यो, आँशु नै थामिएन ।’

भुकम्पले गर्दा उनले पनि खेतमा जीवन बिताउनु पर्‍यो । भन्छिन्, ‘ज्यानको माया त सबैलाई हुन्छ । भुकम्पको कारण एकदमै डर लाग्यो र हामी सबै खेतमा गएर बस्यौँ ।’

भूकम्पले पुरातत्विक र बहुमुल्य चीजहरु नष्ट हुँदा नेपाल धेरै वर्ष पछाडि पुगेको शुष्माको आँकलन छ । सरकारले बाहिरी देशवाट राहत स्वरुप आएका रकम र सामान यथाशीघ्र सम्बन्धित ठाउँमा पु¥याउनु पर्ने उनले बताइन् । अहिलेको घडीमा सरकार निकै चनाखो हुनु पर्ने उनको सुझाव छ ।