शनिबार आएको महाभूकम्पले फिल्म सुटिङका क्रममा एक जना हिरोको ज्यान गएको खुलासा भएको छ ।
भारतीय संचारमाध्यमका अनुसार, फिल्म सुटिङका लागि नेपालमा आएका दक्षिण भारतको तेलुगू फिल्मका अभिनेता के. विजयको ज्यान गएको हो । २५ बर्षीय विजय तेलुगू फिल्म ‘एतकारम डट कम’ को सुटिङका लागि नेपाल आएका थिए । संगीत निर्देशक किशनका अनुसार, विजयको सुटिङ सकेर फर्कने क्रममा धादिङमा ज्यान गएको हो ।
उनी चढेको कार भूकम्पका कारण दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा उनको साथमा रहेका अन्य तीनजना पनि घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चरित्र अभिनेता विजय नृत्यनिर्देशक समेत थिए । उनी १५ अप्रिलमा फिल्म सुटिङका लागि नेपाल आएका थिए ।
















प्रतिक्रिया