२९ आश्विन २०८३, बिहिबार

एनआरएन अमेरिकाको अध्यक्षमा डा केशव पौडेल बिजयी, अन्य पदमा को-को विजयी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

keshab paudel– विजय थापा

वाशिंगटन डिसी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्षमा डा केशव पौडेल निर्वाचित भएका छन ।

अध्यक्ष पदमा करिब १० जनाले उम्मेदवारी दिने घोषणा गरे पनि अन्तिम समयमा अध्यक्षको दौडमा जम्मा ६ जना मात्र उम्मेद्वारहरु मैदानमा उत्रिएका थिए ।

अप्रिल १६ देखि अप्रिल २० तारिख मध्ये रातिसम्म बिद्युतिय मतदान तथा मतपत्र मतदान गरिएको थियो । शनिबार सम्पन्न मतगणना अनुसार डा पौडेलका निकटतम प्रतिद्वन्दी गणेश कुँवर दोश्रो स्थानमा रहे ।

डा पौडेलले आफ्नो चुनाबी अभियानमा अमेरिकामा भएका नेपाली समुदायका आवश्यकता तथा समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

अप्रिल २५ तारिख शनिबार ११ बजेदेखि न्युयोर्कको क़ुइन्सको सत्यनारायण मन्दिरमा मतगणना गरिएको थियो ।

यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा एनआरएन अमेरिकाका महासचिब न्युयोर्कका कृष्ण पोख्रेल बिजयी भएका छन् । ४ जना क्षेत्रीय उपाध्यक्षमा बिजयी हुने उम्मेदवारहरुमा क्रमशः न्युयोर्ककी बन्दना कोइराला, बाल्टिमोरकी रबिना थापा, डिल्लीराम भट्टराई तथा रामचन्द्र पोख्रेल रहेका छन् ।

यसैगरी महासचिबमा तिलबहादुर श्रेष्ठमा बिजयी भएका छन् भने सचिबमा शंकर खड्का, सहसचिवमा संगीता ‘लम्साल सिवाकोटी, कोषाध्यक्षमा वेद बस्नेत र सहकोषाध्यक्षमा प्रकाश सापकोटा रहेका छन् ।

सदस्यहरुमा क्रमश गोमा सेन, सूर्य लम्साल, हरिशचन्द्र हमाल, मोहनबहादुर ज्ञवाली, बिनोद तिवारी, शिबराज पौडेल, विष्णुमान प्रधान, गोबिन्द श्रेष्ठ, सतेन्द्र शाह तथा सुशील रेग्मी बिजयी भएका छन् ।

प्रमूख निर्वाचन संयोजक अधिबक्ता विनोद रोकाको नेतृत्वमा शनिबार न्युयोर्कमा मतगणना सम्पन्न गरिएको थियो ।