२९ आश्विन २०८३, बिहिबार

तस्करीको आरोपमा चर्चित हिरोइन पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neetu-Agarwalमुम्बई । रक्तचन्दन तस्करको आरोपमा साउथ स्टार एक हिरोइनलाई प्रहरीले पक्राउ गरेको छ । तेलुगू हिरोइन नीतू अग्रवाललाई रक्त चन्दन तस्करमा संलग्न रहेको भन्दै हैदराबाद स्थित घरबाटै पक्राउ गरेको हो ।

पक्राउ गरेपछि थप अनुसन्धानका लागि प्रहरीले शुक्रबार नीतूको घरमा छापा मारेको छ । उनले रक्तचन्दन तस्करको खातामा पैसा हाल्ने निकाल्ने काम गर्दै आएको हैदरावाद प्रहरीले जनाएको छ ।

नीतूले साउथको हिट चलचित्र ‘प्रेमा प्रायाणाम’मा काम गरीसकेकी छन् । केही दिन अगाडी प्रहरीले उनका साथी मस्तान वलीलाई समेत गिरफ्तार गरेको थियो । हैदरावाद प्रहरी कार्यालयका प्रहरी अधीक्षक रवि कृष्णाले हिरोइन नीतू विरुद्ध तस्करको आरोपमा मुद्दा दर्ता गरिएको जानकारी दिए । एजेन्सी