२८ आश्विन २०८३, बुधबार

गर्लफ्रेण्डले विवाह गर्न नमानेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapकाठमाडौं । विवाह गर्न युवा युवतीबीच मायाका साथै विश्वास पनि हुनुपर्छ । विवाह भनेको दुई आत्माको मिलन हो । विवाहमा जबरजस्ती गर्दा त्यो दुबैका लागि घातक हुन्छ ।

अक्सर कलेजका विद्यार्थीहरुमा यो स्थिती सिर्जना हुन्छ । किशोर अवस्थामा युवाहरु एकोहोरो प्रेममा जे पनि गर्न तयार हुन्छन् । त्यस्तै घटना सार्वजनिक भएको छ । युवतीको एकोहोरो प्रेममा रहेका एक युवकले विवाह गर्न दबाब दिएका छन् ।

भारतको झारखण्ड राज्यको रांचीस्थित अरगोड़ा क्षेत्रमा बस्दै आएकी ऋतु टूडूलाई उनका प्रेमी विक्टरले विवाह गर्न नमानेपछि ब्लेडले मुखमा आक्रमण गरेका छन् । आफ्नो प्रेमीले दिएको विवाह दबाबलाई अस्वीकार गरेपछि उनीमाथि बुधबार राति ब्लेड आक्रमण भएको हो ।

प्रहरीका अनुसार उनका प्रेमी विक्टरले पहिले विवाह गर्न दबाब दिएको नमानेपछि धम्काएको थियो । धम्काएर पनि नमानेपछि ब्लेडले मुख नाक र कान काटिदिएका छन् । ऋतुको अहिले गुरुनानक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको डाक्टरले बताएका छन् ।

ऋतुमाथि ब्लेडले आक्रमण गरेपछि विक्टेर फरार भएका छन् । प्रहरीले उनलाई खोजीरहेको छ । विक्टरका साथमा उनका चार जना साथी पनि ऋतुको कोठामा आएका थिए । अभियुक्त पाँचै जनामाथि जबरजस्तीकरणी ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । एजेन्सी