२८ आश्विन २०८३, बुधबार

प्रहरी कार्यालयमा हिरोइनको बलात्कार !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapनयाँदिल्ली । बलात्कारीलाई भगाउने प्रहरी आफै बलात्कारी बनेको छ । भारतको मुम्बर्इमा प्रहरी कार्यालयभित्रै एक मोडलको बलात्कार गरिएको छ ।

मुम्बर्इस्थित एक होटलमा सुटिङका लागि आएकी मोडललाई प्रहरीले जबरजस्ती पक्राउ गरी प्रहरी कार्यालय लगेर बलात्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आफ्ना पुरुष साथीसँगै होटलमा आएकी मोडल बाहिरिएपछि उनलार्इ पाँचजना मानिसले घेरेर जबरजस्ती साकिनाको पुलिस कार्यालयमा लगेका थिए ।

प्रहरीले उनीहरुसँग चार लाख रुपैयाँ मागेको र त्यो ल्याउन जब उनका पुरुष साथी रकमको बन्दोबस्त गर्न बाहिर गए त्यही मौकामा मोडलमाथि प्रहरीले बलात्कार गरेका थिए ।

पीडित मोडलका अनुसार पुलिसले उनलार्इ वेश्यावृत्तिको आरोपमा फसाउने धम्की दिएर ब्ल्याकमेल गरेका थिए । युवतीलार्इ बलात्कार गरेको अभियोगमा तीनजना प्रहरी पक्राउ परेका छन् । ति मोडलको नाम खुलाइएको छैन् ।

युवती बलात्कारको अभियोगमा मुम्बर्इस्थित क्राइम ब्रान्च साकिनाको प्रहरी कार्यालयका तीन प्रहरीविरुद्ध उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ । पीडित मोडलको जाहेरपछि बलात्कारमा संलग्न भएको आरोपमा एक हवलदार र दुर्इ इस्पेक्टरसहित तीन प्रहरीलार्इ पक्राउ गरिएको छ ।