२८ आश्विन २०८३, बुधबार

अपराध मानिने समाजमा प्रेम गर्दा यस्तो सजाय !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gujrat_love_couple_702169808काठमाडौं । भनिन्छ प्रेम गर्न मन मिल्नुपर्छ । दुई आत्माको मिलन नै प्रेम हो । आजको २१ औं शाताब्दीमा प्रेम गर्न जति अरु स्वतन्तत्रा केही कुरामा छैन् । तर, केही केही ठाउँ प्रेम गर्नलाई अपराध पनि मानिन्छ ।

गाउँ भन्दा सहरमा बढी स्वतन्त्रता हुन्छ । गाउँमा प्रेम गर्दा एक जोडी प्रेमीलार्इ खुलेआम अपमानित गरेर कडा सजाय दिइएको छ ।

भारतको गगुजरातस्थित तेजगढको देवलिया भन्ने गाउँमा एक प्रेमी जोडीले प्रेम गर्दा गाउँलेको क्रुर सजाय भोग्न बाध्य भएका छन् । गाउँलेहरुले प्रेमी जोडी र उनीहरुका परिवारका साथ अमानवीय व्यबहार गर्दै जरिवाना समेत तिराएर गाउँबाट समेत निकालिदिएका छन् ।

कलेज पढ्दै गर्दा प्रेममा परेर गाउँ छोडेर भागेका जोडीलाई गाउँलेका अगुवाहरुले खोजेर गाउँमै ल्याएर सजाय दिएका हुन् । उक्त समाजमा प्रेम गर्नुलाई अपराध मानिन्छ । प्रेम गरकै कारण दुबै जना गाउँ छोडेर भागेका थिए ।

तर, खोजेर गाउँमा ल्याएपछि सरपञ्चसहितका पुरै गाउँले एक ठाउँमा भेला भएर प्रेम गरेको सजायस्वरुप गाउँलेले युवतीलार्इ घोडा बनार्इ उनीमाथि युवकलार्इ बस्न लगाएका छन् ।

gujrat love couple1युवतीलार्इ घोडा बनार्इ युवालार्इ चढाएर गाउँलेले बिहेको जन्ती बनाएर दुबैको बिहे गरिदिए । बिहे गराउने क्रममा गाउँलेले दुबैलार्इ उपहारस्वरुप गोबर र काँडाको माला लगाईदिए ।

दुबैजनामाथि अमानवीय व्यबहार गरेपछि उनीहरुका बाबुआमामाथि पनि गाउँलेको भेलाले युवाका बाबुआमाबाट ५ हजार भारतीय रुपैयाँ र युवतीका बाबुआमाबाट १० हजार जरिवाना तिराएका छन् ।

प्रेमी प्रेमिका र उनीहरुका बाबुआमामाथि अमानवीय ब्यवहार गरेपछि दुबैलार्इ गाउँबाट निकाला गरिएको छ । यो घटनाले भारतमा धार्मिकवादी नेताहरुको चर्काे आलोचना भएको छ । एजेन्सी