वाशिंगटन डिसी । नेपालका पूर्व प्रधानमन्त्री तथा संबिधान सभाका सदस्य स्व सूर्य बहादुर थापा प्रति समबेदना प्रकट गर्न वाशिंगटन डिसी स्थित नेपाली दुताबासमा दुई दिनको लागि शोक पुस्तिका राखियो ।
नेपाली दुताबास वाशिंगटन डिसीले जारी गरेको सार्बजनिक सूचना अनुसार बैशाख ९ बुधबार र बिहिबार १० गते, तदनुसार अप्रिल २२ र २३ तारिख अपरान्ह २ बजे देखि ५ बजे सम्म स्वर्गीय थापा प्रति श्रद्धान्जली ब्यक्त गर्न शोक पुस्तिकामा हस्ताक्षर गर्ने चाजो मिलाइएको थियो ।
नेपाल सरकारको निर्देशन अनुसार उक्त शोक पुस्तिका दुताबासले राखेको हो । ५ पटक प्रधानमन्त्री बनेका स्व थापाको श्रद्धाको लागि पहिलो र दोश्रो दुवै दिन श्रद्धान्जली गर्न दुताबास पुगी हस्ताक्षर गर्न कुटनीतिक नियोगका प्रतिनिधिहरु तथा नेपाली समुदायहरु पुगेका थिए ।
यसै गरि अमेरिकी सरकारको तर्फबाट अमेरिकाको वाशिंगटन स्थित राज्य बिभागका दक्षिण एसियाका लागि उप सहायक सचिब अतुल केशप नेपाली दुतावास गै पूर्व प्रधानमन्त्री स्वर्गीय सुर्य बहादुर थापालाई श्रद्धान्जली ब्यक्त गर्दै शोक पुस्तिकामा हस्ताक्षर गर्नु भएको छ ।
उप सहायक सचिब अतुल केशप दक्षिण तथा मध्य एसिया मामला बिभाग हेर्दछन भने उनि आज अप्रिल २३ तारिख दोश्रो दिन वाशिंगटन डिसी स्थित नेपाली दुताबासमा पुगेको जानकारी दुताबासले दिएको छ ।
















प्रतिक्रिया