३० आश्विन २०८३, शुक्रबार

मन्त्रीकै इच्छा अनुसार भ्रष्टाचार भइरहेको छ: भोला पोखरेल, निवर्तमान अध्यक्ष, नेपाल निजामति कर्मचारी संगठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhola-Pokhrel

अहिले एउटा कार्यालय सहयोगीले १२ हजार तलव पाउँछ । १० हजार उसले काठ्माडौंमा डेरा भाडा तिर्नुपर्छ । दुई हजारले उ कसरी बाँच्ने ? आत्महत्या गर्ने ? यसकारण उनीहरुले गर्ने भ्रष्टाचार होइन्, ठगी हो ।

यो ५, १० हजार रुपैयाँ लेनदेनको विषयलाई मैले भ्रष्टाचार भन्दिन । यसलाई ठगीको रुपमा लिनुपर्छ । 

मन्त्रीकै कार्यकर्तालाई त्यस्ता ठाउँमा पठाउन होडबाजी चल्छ । फेरि मन्त्री फेरिने बित्तिकै कर्मचारी फेर्न होडबाजी सुरु हुन्छ । भनेपछि त्यहाँ मन्त्रीको चाहना हुँदैन ? मन्त्रीको चाहना बिना ति कामहरु सम्भव हुन्छन् ?