२९ आश्विन २०८३, बिहिबार

स्टार अभिनेता शाहरुख खान घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shrukh-cricketमुम्बई । बलिउडका बादशाह अभिनेता शाहरुख खान घाइते भएका छन् । चलचित्र शुटिगंका क्रममा घुडाँमा चोट लागेर अभिनेता शाहरुख घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घुडाँमा चोट लागेपछि बलिउडमा उत्कृष्ठ डान्स गर्ने शाहरुख अब कहिल्यै पनि रामोसँग नाच्न नपाउने भएका छन् । घाइते भएपछि अस्पताल पुगेका शाहरुखलाई डाक्टरले डान्स नगर्न सुझाव दिएका छन् ।

यसअघि पनि उनको घुडाँमा चोट लागेर हाडजोर्नीमा समस्या देखिएको थियो । घुडाँको हड्डीमा गहिरो चोट लागेकाले डान्स गर्न नपाउने शाहरुखका नीजि चिकित्सकहरुले बताएका छन् ।

शाहरुखले पनि ट्विट गर्दै भनेका छन् अब म राम्रो डान्स गर्न नपाउने भएको छु । घुडाँको चोटले मलाई निकै समस्यामा पारेको छ । म मेरा सबै दर्शकसँग क्षमाप्राथी छु । डाकटरले मलाई कहिल्यै निको हुन सक्दैन भनेको छ ।

यसअघि फिल्म शुटिगंकै क्रममा अभिनेत्री क्याटरिना कैफ पनि घाइते भएकी थिईन् । एजेन्सी